९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन साहित्य परिषद्का पुरस्कारहरु वितरण…



अ+ अ-

भरतपुर । चितवन साहित्य परिषद्ले स्थापना गरेका विभिन्न पुरस्कारहरू एक समारोहबिच प्रदान गरेको छ । ११२औं लक्ष्मी जयन्तीको अवसर पारेर ती पुरस्कारहरू प्रदान गरेको हो ।
साहित्यकार केदारनाथ खनालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ती पुरस्कारहरू दिइएको छ । चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार-२०७६ बरिस्ठ निबन्धकार रामबाबु घिमिरेको निबन्धसङ्ग्रह ;केन्द्र र परिधि' लाई दिइएको छ । उक्त पुरस्कारको राशी ५० हजार ४५ रुपैयाँ रहेको छ । त्यसैगरी चिसाप प्रतिभा पुरस्कार-२०७७ प्रकाश पौडेल माइलालाई दिइएको छ । माइलाको अनुपस्थितिमा उनका बुबा चुडामणि पौडेलले पुरस्कार ग्रहण गरे ।

पुरस्कारको राशी १५ हजार ४५ रुपैयाँ छ । हाइकू साहित्यमा खोज र अनुसन्धान गरिरहेका माइला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष हुन् । माइला लामो समयदेखि जापानमा छन् ।
त्यसैगरी चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कार- २०७६ 'कुमाता' कथासङ्ग्रह र 'अघटित' उपन्यासलाई संयुक्तरूपमा प्रदान गरिएको छ । 'कुमाता'का लेखक बसन्त पराजुली र 'अघटित'का लेखक गणेशप्रसाद लाठले संयुक्तरूपमा पुरस्कार ग्रहण गरे । पुरस्कारको राशी १५ हजार ४५ रुपैयाँ छ । त्यस्तै चिसाप लीला/नर्मदा साहित्य पुरस्कार-२०७६ ञमोहपथझ कथासङ्ग्रहलाई प्रदान गरियो ।

कृतिका सर्जक ललित बिष्टले पुरस्कार ग्रहण गरे । पुरस्कारको राशी १५ हजार ४५ रुपैयाँ छ । ञमोहपथझ कथासङ्ग्रह मदन पुरस्कार-२०७६ को मनोनयन सुचीमा सुचिकृत पुस्तक हो ।
कोभिड-१९ को महामारीका कारण पुरस्कारका कार्यक्रम गर्न ढिला भएको थियो । अहिले अवस्था सामान्य बन्न थालेपछि थोरै उपस्थितिमाझ कार्यक्रम गरेर स्रस्टालाई सम्मानित र पुरस्कृत गरिएको चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलले बताए ।