११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति साउदी राजपरिवारद्वारा दु:ख व्यक्त



भक्तपुर, १२ असोजः दुई दिनदेखि अविरल वर्षाका कारण हनुमन्ते खोलाको बाढी परेर भक्तपुरको भाटभटेनी सुपर मार्केटलगायत आसपास क्षेत्रमा जलमग्न । तस्बिरः किरणराज विष्ट÷रासस
अ+ अ-

काठमाडौँ । साउदी अरेबियाका राजा सल्मान तथा प्रधानमन्त्रीसमेत रहनुभएका साउदी राजकुमार मोहम्मद बिन सल्मान बिन अब्दुलाजिज अल साउदले नेपालमा वर्षाको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेललाई पठाउनुभएको अलग–अलग दुई सन्देशमा नेपालले पुन:निर्माणलाई तीव्र रुपमा अघि बढाउने विश्वास व्यक्त गर्दै साउदी अरबले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सन्देशमा उल्लेख छ ।

यसैबीच, नेपालस्थित साउदी राजदूतावासले प्रकाशन गरेको सन्देशमा बाढीपहिरोमा परी कयौँ व्यक्तिको मृत्यु भएकाप्रति श्रद्धाजञ्ली अर्पण गर्दै घाइतेको उपचार तथा उद्धार र राहतमा नेपाल सरकार र जनताप्रति साउदी अरबको ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गरिएको छ ।