४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक सकियो, अध्यक्षद्वयको पत्र बाँडियो (भिडियाे सहित )



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठक सकिएको छ । बालुवाटारमा अपरान्ह ४ बजेपछि सुरू भएको सचिवालय बैठक भर्खरै सकिएको हो ।

बैठकमा प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत ५ जनालाई लेख्नुभएको पत्र, कार्यकारी अध्यक्ष प्रचण्डसहित ५ नेताले ओलीलाई लेख्नुभएको पत्र र अन्तरपार्टी निर्देशिका केही दिन अध्ययन गर्नका लागि सचिवालय सदस्यहरुलाई बाँडिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । मंसिर ३ गते १ बजे अर्को बैठक बस्ने पनि उनले जानकारी दिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको संकटबारे राजनीतिक प्रतिवेदन समेत तयार पारेका छन् ।

बिहीबार महासचिव विष्णु पौडेलले नेकपा अध्यक्षद्वयको परामर्शमा आजको ४ बजे सचिवालय बैठक बोलाएका थिए । लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन राजी भएका हुन् ।