४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा सांस्कृतिक अतिक्रमण हुने खतरा रहेकाले त्यसका विरुद्ध सजग हुनुपर्ने- देव गुरुङ (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता देव गुरुङले देशमा सांस्कृतिक अतिक्रमण हुने खतरा रहेकाले त्यसका विरुद्ध सजग हुनुपर्ने बताउनुभएको छ । 

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरुङले विश्वव्यापिकरणका कारण देशको भाषा, धर्म र संस्कृतिको रक्षा गर्ने चुनौती थपिएको बताउनुभयो । अन्तर्राष्ट्रिय रुपमा हाबि भइरहेका संस्कार, संस्कृति र चिन्तनहरुले नेपाली संस्कार र संस्कृतिहरुलाई विस्थापित अथवा निरुत्साहित पार्ने खतरा रहेको उहाँले बताउनुभयो । नेता गुरुङले सांस्कृतिक अतिक्रमणका विरुद्धमा सजग रहनुपर्नेमा जोड दिनुभयो ।

उहाँले देश भित्रका पनि एउटा समुदायले अर्को समुदायको संस्कार र संस्कृतिको अतिक्रमण गरिरहेको उल्लेख गर्दै त्यसबाट पनि सजग रहनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिले विश्व ग्लोबलाइजेशनको अवस्थामा छ । यो स्थितिमा कतिपय राष्ट्रिय भाषा, धर्म, संस्कार र संस्कृतिहरुको सन्दर्भमा रक्षा गर्ने प्रश्नमा कतिपय चुनौतीहरु छन् । अन्तर्राष्ट्रिय रुपमा जुन प्रकारका चिन्तन, संस्कार र संस्कृतिहरु हाबि भइराखेको छ । त्यसले राष्ट्रिय संस्कार र संस्कृतिहरुलाई एक हदसम्म विस्थापित गर्ने या निरुत्साहित गर्ने प्रवृतिहरु पनि बढिराखेका छन् । बाह्य रुपमा बढ्दै गइरहेको सांस्कृतिक अतिक्रमणको विरुद्धमा पनि हामी उत्तिकै सजग रहनुपर्दछ । आन्तरिक रुपमा विगतकालको सामन्तवादी संस्कार र संस्कृतिले जुन प्रकारको अरु समुदायहरुका संस्कार र संस्कृतिलाई जो अतिक्रमण गरिराखेका छन् । त्यसबाट पनि हामी सजग रहनुपर्दछ ।’

उहाँले नेपाली जनताले अंगिकार गरेको सबै भाषा, संस्कुतिलाई समान रुपमा मान्यता स्थापित गर्दै संकार र संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभयो ।