• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

कोरोना रोकथाम तथा नियन्त्रणमा सचेतना जगाउन कांग्रेस नेता जोशीको घरदैलो कार्यक्रम



काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणमा सचेतना जगाउन भन्दै नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले घरदैलो कार्यक्रम गर्नुभएको छ । नेता जोशीले काठमाडौंको क्षेत्र नं. ८ क्षेत्रमा कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीको सम्बन्धमा जानकारी मूलक विषयहरु लिएर घरदैलो कार्यक्रमको आयोजना गर्नुभएको हो । विभिन्न चिकित्सक सहितको टोली बनाएर नेता जोशीले केही दिन देखि घरदैलो कार्यक्रम आयोजना गर्दै आउनुभएको छ । काठमाडौं क्षेत्र नं. ८ आफ्नो निर्वाचन क्षेत्र पनि भएकाले सचेतनाका लागि आफ्नो दायित्व पुरा गर्न घरदैलो कार्यक्रम आयोजना गरिएको नेता जोशिले बताउनुभयो । जनताको घरदैलोमा गएर कोरोना संक्रमणबाट कसरी बच्ने, मास्क कसरी लगाउने, भौतिक दुरी कायम गर्ने, नियमित हात धुने, स्यानिटाइज गर्ने लगायतका विषयमा जानकारी गराएको नेता जोशीले बताउनुभयो । 

कांग्रेस नेता जोशीसँगै विभिन्न चिकित्सकहरु पनि घरदैलो कार्यक्रममा सहभागिता जनाउँदै आएका छन् । शनिबार घरदैलो कार्यक्रममा सहभागी हुनुभएका बीर अस्पतालका चिकित्सक डा। भुपेन्द्र बस्नेतले कोरोनाबाट कसरी बच्न सकिन्छ, के कस्तो समस्या आउँछ, मास्क लगाउन किन जरुरी छ, हात धुन किन जरुरी छ भन्ने कुरामा जनचेतना फैलाउन टोलटोलमा पुगेको बताउनुभयो ।  

घरदैलो कार्यक्रमका क्रममा प्रत्येक घरमा मास्क वितरण समेत गरिएको छ । यस्तै कुनैपनि समस्या आएमा चिकित्सकलाई सिधै फोन गरी आवस्यक सुझाव र सल्लाह लिने व्यवस्था मिलाइएको पनि डा. बस्नेतले बताउनुभयो ।