४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कोरोना रोकथाम तथा नियन्त्रणमा सचेतना जगाउन कांग्रेस नेता जोशीको घरदैलो कार्यक्रम

कोरोना रोकथाम तथा नियन्त्रणमा सचेतना जगाउन कांग्रेस नेता जोशीको घरदैलो कार्यक्रम
अ+ अ-

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणमा सचेतना जगाउन भन्दै नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले घरदैलो कार्यक्रम गर्नुभएको छ । नेता जोशीले काठमाडौंको क्षेत्र नं. ८ क्षेत्रमा कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीको सम्बन्धमा जानकारी मूलक विषयहरु लिएर घरदैलो कार्यक्रमको आयोजना गर्नुभएको हो । विभिन्न चिकित्सक सहितको टोली बनाएर नेता जोशीले केही दिन देखि घरदैलो कार्यक्रम आयोजना गर्दै आउनुभएको छ । काठमाडौं क्षेत्र नं. ८ आफ्नो निर्वाचन क्षेत्र पनि भएकाले सचेतनाका लागि आफ्नो दायित्व पुरा गर्न घरदैलो कार्यक्रम आयोजना गरिएको नेता जोशिले बताउनुभयो । जनताको घरदैलोमा गएर कोरोना संक्रमणबाट कसरी बच्ने, मास्क कसरी लगाउने, भौतिक दुरी कायम गर्ने, नियमित हात धुने, स्यानिटाइज गर्ने लगायतका विषयमा जानकारी गराएको नेता जोशीले बताउनुभयो । 

कांग्रेस नेता जोशीसँगै विभिन्न चिकित्सकहरु पनि घरदैलो कार्यक्रममा सहभागिता जनाउँदै आएका छन् । शनिबार घरदैलो कार्यक्रममा सहभागी हुनुभएका बीर अस्पतालका चिकित्सक डा। भुपेन्द्र बस्नेतले कोरोनाबाट कसरी बच्न सकिन्छ, के कस्तो समस्या आउँछ, मास्क लगाउन किन जरुरी छ, हात धुन किन जरुरी छ भन्ने कुरामा जनचेतना फैलाउन टोलटोलमा पुगेको बताउनुभयो ।  

घरदैलो कार्यक्रमका क्रममा प्रत्येक घरमा मास्क वितरण समेत गरिएको छ । यस्तै कुनैपनि समस्या आएमा चिकित्सकलाई सिधै फोन गरी आवस्यक सुझाव र सल्लाह लिने व्यवस्था मिलाइएको पनि डा. बस्नेतले बताउनुभयो ।