२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले अस्तव्यस्त काठमाडौंलाई लयमा फर्काउने प्रयास (फोटो फिचर)



अ+ अ-

काठमाडौं । शुक्रबार र शनिबार आएको भीषण वर्षापछिको बाढी र डुवानका कारण काठमाडौं अस्तव्यस्त बन्यो । आइतबारदेखि पानी पर्न कम भए पनि बाढीले थुपारेको फोहोर उठाएर अझै सकिएको छ ।

सोमबार दिनभर नै प्रभावितहरु आफ्नो थातथलो सफा गर्न र पूर्ववत् अवस्थामा फर्कने प्रयासमा रहे । बाढी र डुवानले अस्तव्यस्त बनाएको काठमाडौं उपत्यकाका प्रभावितहरु अझै लयमा फर्कन सकेका छैनन् ।

सरकारी निकाय, सामाजिक संघसंस्था तथा व्यक्तिगत प्रयासमा प्रभावित वस्ती सफा गर्ने काम अझै जारी छ ।

तस्बिरहरु : नविन पौडेल र हरिराम भेटुवाल/रासस

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित अविरल वर्षाका कारण बाढीले कृषि तथा तरकारी बजारमा क्षेति गरेपछि बजार भित्र रहेको लेदो माटो जेसिबीको सहायताले सरसफाइ गर्दै ।

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित अविरल वर्षाका कारण बाढीले कृषि तथा तरकारी बजारमा क्षति गरेपछि सोमबार बजार भित्र रहेको लेदो माटो सरसफाइ गर्दै बजारका व्यवसायी । 

बाढीबाट प्रभावित सुकुम्बासी बस्ती । शनिबार आएको अविरल वर्षाका कारण बाढीले नदी किनार आसपासका बस्ती प्रभावित भएका छन् ।
युएनपार्क अगाडि अड्किएरको ग्यास बुलेट । शनिबार आएको अविरल वर्षाका कारण बाढीले चुहिँदै गरेको अवस्थामा ग्यास बुलेट बगाएको थियो । 
ललितपुरको च्यासलमा अविरल वर्षाका कारण आएको बाढीबाट बेपत्ताको सोमबार खोजी गर्दै सशस्त्र प्रहरीको टोली । 
ललितपुरको च्यासलमा अविरल वर्षाका कारण आएको बाढीले बेपत्ता भएका मानिसहरुको सोमबार खोजी गर्दै सशस्त्र प्रहरीको टोली । 
काठमाडौँको विश्व निकेतन माध्यमिक विद्यालय परिसरमा सिकाइएका बागमती नदीमा आएको बाढीले भिजेका किताब कपी ।
काठमाडौँको बागमती नदीमा आएको बाढीपछि त्रिपुरेश्वरस्थित वंशीघाट परिसरकाे दृश्य ।
अविरल वर्षाका कारण बागमती नदीमा आएको बाढीले क्षति गरेकाे ललितपुरस्थित च्यासल खेलमैदान ।
काठमाडौँको बुद्धनगरमा डोजरमार्फत सडक सफा गर्दै ।
काठमाडौँको टेकूस्थित सानेपा जाने सडकमा बागमती नदीमा आएको बाढीले थुपारेको फोहर र लेदो जेसिविमार्फत सफा गरिँदै ।