२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री डा राणा र अमेरिकी उपविदेशमन्त्री भेटवार्ता



अ+ अ-

काठमाडौं ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियासँग भेटवार्ता गर्नुभएको छ ।

संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासमा सोमबार भएको सो भेटवार्तामा नेपाल अमेरिका आपसी हितका विविध विषयका साथै शान्ति, मानवधिकार र प्रजातन्त्रका विषयमा कुराकानी भएको थियो ।

सो भेटमा मन्त्री डा राणाले नेपाल सदैव शान्ति, मानवअधिकार र प्रजातन्त्रका पक्षमा रहेको र नेपालको संसदले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका बारेमा उपविदेशमन्त्री जियालाई जानकारी गराउनुभएको थियो ।

मन्त्री डा राणाले नेपालले पीडितमैत्री सो कानुन पारित गरेको र शान्ति प्रक्रियाका बाँकी रहेका कामहरु पनि छिट्टै टुङ्ग्याउने जानकारी गराउनुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका पुग्नुभएकी मन्त्री डा राणा वासिङ्टन डिसीमा हुनुहुन्छ ।