१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको अध्यक्षमा रीना डंगोल नियुक्त



अ+ अ-

काठमाडौं । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त हुनु भएको छ । भदौ ३० गते बसेको बोर्ड बैठकले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (एनडीसीसी) को अध्यक्षमा डंगोललाई नियुक्त गरेको हो ।

डंगोलले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभाग कार्यकारी निर्देशक बिनोद राज आचार्यबाट शपथ ग्रहण गर्नुभएको छ । शपथ ग्रहण कार्यक्रमपछि अध्यक्ष डंगोलले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको वित्तीय समावेशीकरण र आर्थिक सशक्तिकरणका प्रयासहरूबाट आफू प्रेरित भएको बताउनु भयो ।

कार्यक्रममा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलको समेत उपस्थिति रहेको थियो ।