२८ मंसिर २०८२, आईतवार
,
Latest
धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

उसु टोली बंगलादेश जाने



अ+ अ-

काठमाडौं: प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्समा सहभागी हुन ९ खेलाडीसहित १३ सदस्यीय नेपाली उसु टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ ।

अक्टोबर १ देखि ४ तारिखसम्म हुने प्रतियोगितामा खेलाडीले सान्सौं र थाउलोमा प्रतिस्पर्धा गर्ने छन् । खेलाडीमा मनिराज राई, सुमांगीराज्यलक्ष्मी गौतम, अनिता तामाङ, सौगात चन्द, निश्चल तामाङ, ममता सुनुवार, प्राथना नेपाल, रुफस केसी र विराज सुनार रहेका छन् ।

प्रशिक्षकमा राजीव महर्जन र राज महर्जन, सहायक प्रशिक्षकमा सुवास परियार तथा व्यवस्थापकमा सुकमान लामा छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सोही प्रतियोगितामा सहभागी हुन तेक्वान्दो टोली भने सोमबारै ढाका प्रस्थान गरिसकेको नेपाल विद्यालय खेलकुद महासंघका महासचिव समेत रहेका अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्कीले जनाएका छन् ।