१४ आश्विन २०८१, सोमबार
,
Latest
सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर प्रधानमन्त्री ओली स्वदेश फिर्ता महासभाको दौरानमा भएका भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा सहयोगी: अमेरिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यवाहक प्रधानमन्त्रीद्वारा चणिकलाल तामाङलाई सम्मान



अ+ अ-

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले चणिकलाल तामाङको साहसको प्रशंसा गर्दै सम्मान गरेका छन् ।

सोमबार शहरी विकास मन्त्रालयमा सिंहले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने तामाङलाई सम्मान गरेका हुन् ।

तामाङले शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेका थिए ।

कार्यवाहक प्रधानमन्त्री सिंहले मानवीय भावना देखाएर नदीमा बगिरहेकाहरुको उद्धार गरेको भन्दै तामाङको साहसी कामको प्रशंसा गरे ।