९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति

बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति
अ अ+ अ-

काठमाडौँ । दुई दिनको निरन्तरको वर्षाका कारण मुलुकभर आएको बाढी तथा पहिरोले ऊर्जा क्षेत्रमा करिव साढे ४ अर्ब ३५ करोड बराबरको क्षति भएको छ ।

आईतवार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यस्तो जानकारी दिएको हो । मन्त्रालयले ऊर्जातर्फ २ अर्ब ४५ करोड,सिंचाईतर्फ १ अर्ब ३५ करोड र नदी नियन्त्रणतर्फ करिव १ अर्ब १६ करोड २० लाख रुपैयाँ गरी समग्रमा करिव ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।

मन्त्रालयले यो क्षति अनुमान मात्रै रहेको भन्दै अझै बढ्नसक्ने बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढी र पहिरोका कारण १ हजार १ सय मेगावाटका जलविद्युत आयोजनाको उत्पादन बन्द भएको पनि बताउनु भयो । उहाँले जलविद्युत र प्रशारणलाइनतर्फ २ अर्ब ४५ करोड बराबरको क्षति भएको बताउनु भयो । उहाँले सिंचाईतर्फ १ अर्ब ३५ करोड बराबरको क्षति भएको उल्लेख गर्नुभयो ।

मन्त्री खड्काले बाढी र पहिरोले निजी क्षेत्रका २६ वटा भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको पनि बताउनु भयो । ऊर्जामन्त्री खड्काले दुई दिनसम्म लगातार परेको अविरल वर्षाका कारण तामाकोशी जलविद्युत आयोजनामा काम गर्ने विद्युत प्राधिकरणका दुई जना कर्मचारी र सुरक्षामा खटिएका नेपाल आर्मीका दुई जना गरी चार जना बेपत्ता भएको बताउनु भयो ।

उहाँले निजी क्षेत्र र सरकारको लगानीमा निर्माण भएका जलविद्युत,ट्रान्समिसन लाइनमा ठूलो क्षति भएको जानकारी दिनुभयो । उहाँले मौसम विभागले गरेको पूर्वअनुमान गरी दिएको सूचनाको कारण क्षति कम भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘दुई दिनसम्म लगातार परेको अविरल वर्षाका कारण तामाकोशी जलविद्युत आयोजनामा काम गर्ने विद्युत प्राधिकरणका दुई जना कर्मचारी र सुरक्षामा खटिएका नेपाल आर्मीका दुई जना बेपत्ता भएका छन् । ऊर्जा मन्त्रालय अन्तर्गत भएको क्षतिको पनि विवरण आएको छ ।

बाढीको कारण ११ सय विद्युत अवरुद्ध भएको छ । पूर्णरुपमा क्षति भने होइन । निजी क्षेत्र र सरकारको लगानीमा निर्माण भएका जलविद्युत,ट्रान्समिसन लाइनलाई जोड्दा करिव साढे २ अर्ब ४५ करोड बराबरको क्षति भएको हो । यो अनुमान मात्रै हो । बढ्न पनि सक्छ । सिँचाई तर्फका आयोजनाहरुमा पनि १ अर्ब ३५ करोड भन्दा बढी क्षति भएको छ ।

मौसम विभागले गरेको पूर्वअनुमानले पनि कम क्षति भएको हो । लगातार वर्षाले क्षति हुने जानकारी गराउँदा गराउँदै पनि केही क्षति भएको छ । गत वर्ष पूर्वमा भएको बाढीमा मात्रै ऊर्जा क्षेत्रमा १० अर्बको थियो । जनधनको पनि ठूलो क्षति भएको थियो । सरकारले निर्माणाधिन आयोजनामा राती नबस्न र यातायात बन्द गर्ने जानकारी दिएकाले कम क्षति भएको छ ।’

उहाँले गत वर्ष पूर्वमा भएको बाढीमा मात्रै ऊर्जा क्षेत्रमा १० अर्ब रुपैयाँ र ठूलो जनधनको पनि क्षति भएको बताउनु भयो ।

मन्त्री खड्काले जलविद्युत आयोजनाहरु पूनःनिर्माणको कामलाई प्राथमिकता राखेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो । सरकारले विभिन्न क्षेत्रमा नदी कटान,डुबान तथा बाढीले नदी नियन्त्रणतर्फ करिव १ अर्ब १६ करोड २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरेको छ ।