१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झ्याप्ले खोला पहिरो: थप ७ शव फेला



अ+ अ-

काठमाडौं । धादिङको धुनिवेसी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोबाट थप ७ वटा शव निकालिएको छ ।

झ्याप्ले खोलामा पहिरोमा पुरिएको हाइस गाडीबाट २ महिला र ५ जना पुरुषको शव निकालिएको प्रहरीले जनाएको छ ।

यसअघि, आजै तीन वटा शव निकालिएको थियो ।

झ्याप्ले खोला पहिरोमा बस र माइक्रोबसहरु पुरिएको बताइएको छ भने अझै पनि उद्दार कार्य जारी रहेको छ ।  सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ ।

झ्याप्ले खोलामै शनिवार दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो ।