२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाजन्य विपद् : ललितपुरमा १८ जनाको मृत्यु



अ+ अ-

पाटन (ललितपुर): वर्षाजन्य विपद्मा ललितपुरमा हालसम्म १८ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले दिनुभएको जानकारी अनुसार विपत्तीको उद्धारका क्रममा फेला परेका ती शवलाई आनन्दवन अस्पताल, चापागाँउ र पाटन अस्पताल लगखेलमा राखिएका छन् ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सार्वजनिक तथ्याङ्कअनुसार अनुसार खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रप्रहरी बलपरिचालित भएका छन् ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले दिनुभएको जानकारी अनुसार हालसम्म महाङ्काल गाउँपालिका–३ गोटिखेलमा चार, वडा नं २ मानिखेलमा दुई जना बेपत्ता भएका छन् ।

प्रहरी उपरीक्षक अधिकारीले दिनुभएको जानकारी अनुसार सानेपा, नख्खु हार्मोनी कोलोनी, नखिपोट, बुङ्ममती, चापागाँउ, यूएन पार्क र इमाडोललगायतको क्षेत्रबाट चार सय १६ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।रासस