२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक



अ+ अ-

काठमाडौं । महान् चाड दसैँ सबैको घरदैलोमा आइसकेको छ । गाउँघर र सहर बजारतिर दसैँका गीत पनि घन्कन थालिसकेका छन् । यसै क्रममा गीतकार निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” नामक दसैँगीत सार्बजनिक भएको छ ।

गीतमा पौडेलसहित संगीतकार मोहित मुनाल, गायिका समान्ता थापा , मनिष पौडेलले स्वर दिनु भएको छ । वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गर्नुभएको छ भने कोरियोग्राफी दिपिका थापाले गर्नुभएको छ । उक्त गीतमा कलाकार गोपाल ढकाल “छन्दे”, नवराज कार्की का साथै वेलकम परिवारले अभिनयमा साथ दिएका छन् ।

गीतकार तथा गायक पौडेलले भन्नुभयो, “बिगत दश–पन्ध्र वर्ष अगाडि सम्म पनि बडा दशैँ को रौनक, खुसियाली को माहौल देखिने गर्दथ्यो, तर आज भोली सबै हराउदै गएको महसुस हुन थालेको छ । त्यसै कारण हाम्रा पालाका गीत, संगीत ,तथा प्रस्तुतिहरुलाई हाम्रा सन्तति हरुले पनि थाहा पाँउन्, महसुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका छौं ।” गीतमा नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलो सँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ ।

यसअघि पौडेलको तीज गीत पनि सार्बजनिक भएको थियो ।