१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रुपमा अघि बढेको छः मन्त्री दाहाल

रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रुपमा अघि बढेको छः मन्त्री दाहाल
अ अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रुपमा अघि बढेको बताउनुभएको छ ।

बिहीवार जनकपुर—जयनगर रेल्वे सेवाको निरीक्षणका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले रेल्वे सेवालाई व्यवस्थित गर्नका लागि रेल्वे स्टेशनहरुको स्थलगत निरीक्षणका लागि आएको बताउनु भयो ।

बर्दिवाससम्मको सञ्जाललाई तुरुन्तै निर्माण गर्ने र बर्दिवासदेखि निजगढसम्मको रेल्वे सञ्जाललाई बिस्तार गरी फास्टट्रयाकसँग काठमाडौंलाई जोड्ने गरी तयारी गरिरहेको बताउनु भयो ।

उहाँले सरकारले रेल्वे वासिङ सेन्टरको निर्माण गरिरहेको भन्दै वासिङ सेन्टरको निर्माणसँगै रेल्वे सञ्चालन घाटामा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भारतसँग केही सम्झौता गरेर मालवाहक रेल छिटै सञ्चालनमा ल्याउने पनि बताउनु भयो । भारतसँग रेल्वे सञ्जाल जोड्ने कुराले व्यापारलाई पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘रेल्वे सञ्जालको विकासका लागि हामी व्यवस्थित ढंगले अघि बढ्ने सोचेका छौँ । त्यस सन्दर्भमा हामी विभिन्न सडकहरुको आयोजनाहरुको स्थलगत निरीक्षण गर्नुका साथै रेल्वे स्टेशनहरुको अवस्थाको बारेमा जानकारी लिनका लागि र रेल चढेर नै इन्जोय गर्ने । जनकपुरबाट जयनगरसम्म जाने भनेर यहाँ रेल पनि चढ्ने भनेर आएका छौँ ।

बर्दिवाससम्मको सञ्जाललाई तुरुन्तै निर्माण गर्ने र त्यहाँदेखि निजगढसम्मको रेल्वे सञ्जाललाई बिस्तार गर्ने र फास्टट्रयाकसँग काठमाडौंलाई जोड्ने गरी तयारी गरिरहेका छौँ । कसरी रेल्वे सञ्चालन गर्ने भन्नेबारेमा टनकपुरदेखि जयनगरसम्मको जुन सञ्चालन भइरहेको छ । यसलाई हामीले शुरुवात गरेका छौँ । यसलाई बिस्तारै बिस्तारै वासिङ सेन्टर बनाउँदै छौँ । त्यो बनाइसकेपछि हाम्रो केही घाटा आधा कम हुन्छ ।

क्रमशः हामी घाटा कम गर्ने, अरु पनि उपाय अपनाउने, मालवाहक ट्रेनको पनि योजना छ । मालवाहक ट्रेन कहिलेदेखि चल्ने भन्ने छ । यो सञ्चालनका लागि भारतसँग पनि केही सम्झौता गर्नुपर्ने छ । भारतसँग पनि हामीले सहयोग लिनुपर्ने भएको छ । भारत र नेपालबीचको सामानहरुको आदानप्रदानको कुरा भएको हुँदा भारतसँग पनि हामी केही विषयमा छलफल गर्छौं । त्यसपछि छिटै नै हामी मालवाहक रेल सञ्चालनको तयारीमा लागिरहेका छौँ ।

भारतसँग रेल्वे सञ्जाल जोड्ने कुराले हाम्रो व्यापारलाई पनि सहयोग गर्नेछ । सांस्कृतिक सम्बन्ध पनि छ । जनकपुरदेखि अयोध्यासम्मको यात्रा छ ।

पुरानो सांस्कृतिक सम्बन्ध रहेकाले उहाँहरुको प्रश्तावलाई सकारात्मक ढंगले लिएका छौँ । नेपालको ट्रेन पनि अयोध्यासम्म जाने र उहाँहरुको ट्रेन पनि जनकपुरसम्म आउनुपर्छ भन्ने सोच हाम्रो छ । त्यो ढंगले दाहोरो प्रक्रियामा ट्रेन सञ्चालन गर्ने हाम्रो प्रश्ताव रहेको छ ।’

नेपालको ट्रेन पनि अयोध्यासम्म जाने र भारतको ट्रेन पनि जनकपुरसम्म ल्याउन दिने सोच नेपालको रहेको बताउनु भयो ।