२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा कीर्तिमान, हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो ।

तोलामा रु तीन सयले वृद्धि भएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । बुधबार प्रतितोला रु एक लाख ६० हजार ४०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६० हजार ७०० निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला रु एक हजार ९५५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि पनि समान नै निर्धारण भएको छ ।