९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजारमा नयाँ रेर्कड, बिहिबार ६ अर्ब भन्दा बढीको कारोबार भएर नेप्से परिसूचक ३६ दशमलव ३२ अंकमा



symbolic picture
अ+ अ-

काठमाडौं । बिहीबार शेयर कारोबार रकमले नयाँ रेर्कड कायम गरेको छ । यस दिन हालसम्मकै उच्च कारोबार रू ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रकम भएको छ । यस अघि वि.सं २०७६ साल फागुन १८ गते रू ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजारको शेयर कारोबार भएको थियो । बिहीबार कारोबार रकमले ऐतिहासिक रेकर्ड तोड्दा नेप्से परिसूचक पनि ३६ दशमलव ३२ अंकले बढेर १ हजार ७७८ दशमलव १२ विन्दुमा पुगेको छ । यो दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ९८ अंक बढेर ३४३ दशमलव शून्य ७ विन्दुमा पुगेको छ ।

कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको दिन कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । यस दिन उक्त  कम्पनीको रू ४१ करोड ८ लाख ४५ हजार बराबरको शेयर कारोबार भएको हो । उच्च अंकले बढेको बिहीवारको बजारमा ३२ ओटा कम्पनीको शेयरमूल्य घटेको छ । यो दिन मेगा बैंकको संस्थापक शेयरको मूल्य सबैभन्दा बढी ३ दशमलव १७ प्रतिशतले घटेको छ । यो दिन तारागाउँ रिजेन्सी होटल र युनिलिभरको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने १३ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वद्धि भएको छ । यस दिन ९ प्रतिशतभन्दा बढीले शेयरमूल्य बढ्ने कम्पनीहरुमा बोटलर्स नेपाल तराई , हिमालयन डिष्टिलरी, विशाल बजार कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, साल्ट ट्रेडिङ कर्पोरेशन, सोल्टी होटल , एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट, सानिमा जनरल इन्स्योरेन्स , हिमालयन जनरल इन्स्योरेन्स, ओरियण्टल होटल, गोर्खाज फाइनान्स र गुडवील फाइनान्स रहेका छन् ।

बिहीबार कारोबारमा आएका १२ ओटै समुहको परिसूचक बढेको छ । यस दिन व्यापारिक समुहको परिसूचक सर्वाधिक ९ दशमलव ९४ प्रतिशत बढेको हो । त्यस्तै होटल समुहको ९ दशमलव ३८ प्रतिशत, बैंकिङ्कको शून्य दशमलव २१ प्रतिशत, विकास बैंकको १ दशमलव ४ प्रतिशत, जलविद्युतको १ दशमलव ५२ प्रतिशत, वित्तको १ दशमलव ५७ प्रतिशत, निर्जीवन बीमाको ४ दशमलव ३३ प्रतिशत, उत्पादन तथा प्रशोधनको ५ दशमलव ६४ प्रतिशत, अन्यको ४ दशमलव ४३ प्रतिशत, लघुवित्तको १ दशमलव ७ प्रतिशत, जीवन बीमाको ३ दशमलव ५ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ६३ प्रतिशत परिसूचक बढेको हो ।




भर्खरै