१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

मध्य युरोपमा घातक बाढीको सम्भावनालाई जलवायु परिवर्तनले दोब्बर बनायो

मध्य युरोपमा घातक बाढीको सम्भावनालाई जलवायु परिवर्तनले दोब्बर बनायो
FILE - Firefighters walk through a flooded road of Jesenik, Czech Republic, Sept. 15, 2024. (AP Photo/Petr David Josek, File)
अ अ+ अ-

एजेन्सी । मानव–सिर्जित जलवायु परिवर्तनले यस महिनाको सुरुमा मध्य युरोपमा विनाशकारी बाढी ल्याउने भारी वर्षाको सम्भावनालाई दोब्बर बनाएको र यसको तीव्रता बढाएको एउटा नयाँ अध्ययनले पत्ता लगाएको छ ।

सेप्टेम्बरको मध्यमा बोरिस आँधीबाट आएको मुसलधारे वर्षाले मध्य युरोपको ठूलो भूभागलाई प्रभावित गर्दा रोमानिया, पोल्यान्ड, चेक गणतन्त्र, अस्ट्रिया, हङ्गेरी, स्लोभाकिया र जर्मनीमा व्यापक क्षति भयो । बाढीबाट २४ जनाको ज्यान गयो, पुलहरू क्षतिग्रस्त भए, कारहरू डुबे, सहरहरू विद्युत्विहीन भए र पूर्वाधार मर्मतका लागि ठूलो आवश्यकता भयो ।

चार दिनको भीषण वर्षा मध्य युरोपमा अहिलेसम्म रेकर्ड गरिएको ‘धेरै ठूलो’ रहेको र कोइला, तेल र प्राकृतिक ग्यास जलाउँदा उत्पन्न हुने तापक्रम वृद्धिका कारण यसको सम्भावना दोब्बर भएको युरोपबाट द्रुत जलवायु एट्रिब्युस अध्ययन गर्ने वैज्ञानिकहरूको एक समूह वर्ल्ड एट्रिब्युसन अध्ययनले बुधबार बताएको छ । अध्ययनले जलवायु परिवर्तनले वर्षालाई सात प्रतिशतदेखि २० प्रतिशतसम्म तीव्र बनाएको बताएको छ ।

अध्ययनका प्रमुख लेखक तथा इम्पेरियल कलेज लन्डनका जलवायु शोधकर्ता जोयस किमुताईले भन्नुभयो, “फेरि पनि एक पटक यी बाढीहरूले जीवाश्म इन्धनसँग प्रेरित तापक्रम वृद्धिको विनाशकारी परिणामहरूलाई उजागर गरेका छन् ।”

मानव सिर्जित जलवायु परिवर्तनको प्रभाव परीक्षण गर्न वैज्ञानिकहरूको टोलीले मौसम तथ्याङ्कको विश्लेषण गरे र जलवायु मोडलहरूको प्रयोग गरेर चिसो पूर्वऔद्योगिक कालदेखि आजसम्म यस्ता घटना कसरी परिवर्तन भएका छन् भनेर तुलना गरेको थियो ।

यस्ता मोडलहरूले पूर्वऔद्योगिक कालदेखि हालको एक दशमलव तीन डिग्री सेल्सियको विश्वव्यापी तापक्रम वृद्धिबिनाको संसारको अनुकरण गर्छन र त्यस्तो संसारमा यति गम्भीर वर्षा हुने सम्भावना कति हुन्थ्यो भनेर हेर्छन् । अध्ययनले गम्भीर प्रभाव महसुस गरेका मुलुकहरूमा केन्द्रित रहेर चार दिनको वर्षाको घटनाको विश्लेषण गरेको थियो ।

“कुनै पनि जलवायुमा तपाईंले कहिलेकाहीँ रेकर्डहरू तोडिउन् भन्ने अपेक्षा गर्नुहुन्छ तर रेकर्डहरू यति ठूलो अन्तरले तोडिएको देख्नु भनेको त्यो वास्तवमै जलवायु परिवर्तनको छाप हो र यो केवल तातिरहेको संसारमा मात्र देखिने कुरा हो”, एट्रिब्युसन अध्ययन टोलीको समन्वय गर्ने इम्पेरियल कलेजका जलवायु वैज्ञानिक फ्रेडरिक ओटोले भन्नुभयो ।

बोरिस आँधीबाट उत्पन्न वर्षाको सबैभन्दा गम्भीर प्रभाव विशेषगरी नदी नजिकका सहरी क्षेत्रहरू भएका पोलिश–चेक सीमा क्षेत्र र अस्ट्रियामा महसुस गरिएको थियो । यस महिनाको बाढीबाट मृत्यु हुनेको सङ्ख्या सन् १९९७ र सन् २००२ मा यस क्षेत्रमा आएको विनाशकारी बाढीको तुलनामा धेरै कम थियो । यद्यपि धेरै मामिलामा पूर्वाधार र आपत्कालीन व्यवस्थापन प्रणालीहरू जलमग्न भएकाले यसलाई ठिक गर्न अर्बौं युरो लाग्नेछ ।

गत साता युरोपेली सङ्घ (इयु) का प्रमुख उर्सुला भोन डेर लेयेनले बाढीबाट पूर्वाधार र आवासीय क्षेत्रमा क्षति भोगेका मुलुकहरूलाई अर्बौं युरो सहायता प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वर्ल्ड वेदर एट्रिब्युसन अध्ययनले अझै बढी तापक्रम भएको संसारमा विशेषगरी पूर्व–औद्योगिक कालदेखि दुई डिग्री सेल्सियसको तापक्रम वृद्धि भएमा हालको स्तरको तुलनामा भयानक चार दिने आँधीको सम्भावना ५० प्रतिशतले बढ्ने चेतावनी दिएको छ । लेखकहरूले यस्ता आँधीहरूको तीव्रता पनि बढ्ने पत्ता लगाएका छन् ।

मध्य युरोपभर भारी वर्षालाई ‘भिबी डिप्रेसन’ को नामले जानिन्छ । यो उत्तरबाट चिसो ध्रुवीय हावा आल्प्स पर्वत माथिबाट बग्दा र दक्षिण युरोपबाट आउने तातो हावासँग भेट्दा बन्दछ । अध्ययनका लेखकहरूले सन् १९५० को दशकदेखि यस्तै भिबी डिप्रेसनहरूको सङ्ख्यामा देख्न सकिने कुनै परिवर्तन फेला पारेनन् ।

विशेषगरी चरम मौसमी घटना पछाडि जलवायु परिवर्तन थियो वा थिएन भनी निर्धारण गर्न धेरै समय लाग्ने कुराप्रतिको निराशाका कारण सन् २०१५ मा वर्ल्ड वेदर एट्रिब्युसन समूह सुरु भएको थियो ।