९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव

जनस्वास्थ्यका मापदण्ड पालना गरी चाडपर्व मनाउन मुख्यमन्त्री गुरुङको अपिल

जनस्वास्थ्यका मापदण्ड पालना गरी चाडपर्व मनाउन मुख्यमन्त्री गुरुङको अपिल
अ अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी चाडपर्व, जात्रा तथा उत्साव मनाउन सबैमा अपिल गर्नुभएको छ । नेपालीहरुको महान पर्व छठ, २०७७ को अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता, प्रगति एवं सु–स्वास्थ्यको कामना गर्नुभएको छ ।  उहाँले सन्देशमा विश्वव्यापी महामारीको रुपमा पैmलिएको कोभिड–१९ का कारण यसपालिका हाम्रा उत्सव तथा पर्वहरु परिवारका सदस्यबाहेक अन्यसँग भेटघाट कम गर्ने, भेटघाट गर्नैपर्ने भएमा भौतिक दूरी अनिवार्य रुपमा कायम गर्ने, माक्स प्रयोग गर्ने, साबुन पानीले हात धुने वा स्यानीटाइजर प्रयोग गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
 
“प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको पूजा–आराधना गरी छठ पर्व हर्षोल्लासका साथ मनाइन्छ”, उहाँले सन्देशमा भन्नुभएको छ, “सूर्यको उपासनाले सन्तानको निरोगिता, सुख–समृद्धि र चर्म रोग निको हुने परम्परागत विश्वास रहेको छ ।” मुख्यमन्त्री गुरुङले सत्य र अहिंंसाप्रति मानवको रुचि बढाउने तथा जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता रहेको बताउँदै यो पर्व मुख्यरुपमा तराई–मधेशमा मनाइने परम्परा रहेपनि अहिले मुलुकका अन्य भू–भागमा पनि उत्तिकै हर्षोल्लासका साथ मनाइन थालिएको बताउनुभयो । 

हाम्रा मौलिक पर्वलाई सबै समुदायले आत्मसात गर्ने र मनाउने फराकिलो संस्कृतिको विस्तारले विभिन्न जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्भाव, सहिष्ण्ुता र सौहार्दतालाई अझ सुदृढ पार्ने र समाजमा शान्ति एवं स्थायित्वका साथ मुलुकमा सामाजिक न्यायसहितको आर्थिक विकास र समृद्धि हासिल हुने विश्वास लिएको उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।