१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान

चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान
अ अ+ अ-

चितवन । नगरपालिकाको पहाडी गाउँ घुमेर कार्यालय आइपुग्नुभएका कालिका नगर प्रमुख विनोद रेग्मीले चेपाङ गाउँका खेतबारीमा लहलह धान फलेकामा खुसी व्यक्त गर्नुभएको छ । प्रमुख रेग्मीको नेतृत्वको टोलीले लोपोन्मुख चेपाङ समुदायको बाहुल्यता रहेको तीनवटा वडाका जनतासँग प्रत्यक्ष भेटघाटपछि चेपाङ बस्तीमा धानका बाला झुली परिवर्तन आएकामा खुसी व्यक्त गरेको हो ।

चितवन जिल्लाको कालिका नगरपालिकाअन्तर्गत पहाडी क्षेत्रका तीनवटा वडामा चेपाङ समुदायको बाहुल्यता छ । त्यहाँ बसोबास गर्ने अधिकांश घरपरिवारलाई वर्षमा तीन महिनाभन्दा बढी आफ्नै बारीको उत्पादनले खान पुग्दैन । पछिल्ला दिनमा नगरपालिकाले उत्प्रेरणा र सहयोग गरेपछि आत्मनिर्भर हुनका लागि पहाडी गाउँका चेपाङ समुदाय कृषि कर्ममा जुट्ने गरेका छन् । प्रमुख रेग्मीले भन्नुभयो, “पहिला बाँझो रहने पाखो बारीमा अहिले सिँचाइको व्यवस्था भएसँगै धानका बाला झुलेका छन्, लोपोन्मुख चेपाङ बस्तीमा यस्तो देख्दा आनन्दको अनुभव हुन्छ ।”

कालिका नगरपालिका–९, १० र ११ मा चेपाङ समुदायको उल्लेख्य बस्ती छ । ती बस्तीमा यदाकदा धान देखिए पनि धेरै बारी बाँझो हुन्थे । पछिल्ला दिनमा पानीको व्यवस्था गरी ती बारीमा धान बाली लगाउन थालेपछि स्थानीय जनताको जीवनस्तर सुधार भएको पाइन्छ । कालिका नगरपालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजा गाउँमा खेती किसानीमा ध्यान दिने बढेको बताउनुहुन्छ । नगरपालिकाले विभिन्न किसिमका तालिमसँगै बीउ, मल, सिँचाइलगायतका शीर्षकमा सहयोग गर्ने गरेको छ । बाली संरक्षणका कार्यक्रम अघि बढेको छ । उहाँले भन्नुभयो, “पहिला धान नलगाएका ठाउँमा पनि धान रोप्न थालिएको छ ।”

पहिलेको भन्दा खेतीपाती लाउने चेपाङ दाजभाइ–दिदीबहिनीको सङ्ख्या बढेको वडाध्यक्ष प्रजा बताउनुहुन्छ । यद्यपि बाढीले बर्सेनि माटो तथा जमिन बगाउने समस्या देखिएको उहाँ बताउनुहुन्छ । नगरपालिकाले अनुदानमा उन्नत बोकासँगै बाख्रा वितरण गर्ने गरेको छ । मौरीका घार वितरण गरेर आत्मनिर्भर बनाउन लागिएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चेपाङ समुदायले अर्काको लिने होइन, दिने हो, उनीहरूलाई नै सहभागी गराइदिन सक्ने हैसियत बनाउन आवश्यक कार्यक्रम सञ्चालन गरेका छौँ ।” तीनवटा वडामा यकिन तथ्याङ्क नभए पनि १५ हजार हाराहारीमा चेपाङ जातिका मानिस रहेको उहाँको भनाइ छ ।

नगरपालिकाका कृषि शाखा प्रमुख उत्तम पौडेल बागमती प्रदेशले चेपाङ समुदायको उथानका लागि ‘चिउरी–चमेरो संरक्षण’ कार्यक्रम सञ्चालन गरेको बताउनुहुन्छ । नगरपालिकाले छ सय बिरुवा चिउरी र रातो फूलसहित चमेरो रमाउने ‘बोटल ब्रस’ जातका एक सय बिरुवा वितरण गरेको छ ।

यसैगरी, चिउरीलगायत बिरुवाको नर्सरी, टनेल निर्माण, अदुवा, हलेदोजस्ता नगदे बालीका बीउ र बिरुवा वितरण गरेको छ । धान र मकैको बीउ वितरण गर्ने, तालिम तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने, रैथाने बाली संरक्षण गर्ने, पोषण र करेसाबारी निर्माणसम्बन्धी तालिम दिएको कृषि शाखा प्रमुख पौडेल बताउनुहुन्छ । स्थानीयलाई तालिम र सहयोग उपलब्ध गराएसँगै कृषि पेसातर्पm आकर्षण बढेको छ । आफूहरु जनप्रतिनिधि भएपछि चेपाङ समुदायलाई आयआर्जनमा जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख रेग्मी बताउनुहुन्छ ।

नगरपालिकाले पोषणका लागि पशु–चौपाया उपलब्ध गराउँदै आएको छ । जुन ठाउँमा चेपाङ समुदायको बसोबास छ त्यही ठाउँमा उत्पादनमूलक कार्यक्रममा लाग्न सहयोग गरिएको प्रमुख रेग्मीको भनाइ छ । बाँदरको समस्या हुने भएकाले तिनीहरुले नखाने खेती प्रणालीमा जोड दिइएको छ । नगरपालिकाले बाख्रासँगै मौरीका घार वितरण गर्दै आएको नगर प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

उहाँले थप्नुभयो, “अहिले चेपाङ बस्तीमा जानुभयो भने लहलह झुलेका धानबाली देख्न सक्नुहुन्छ, त्यो हामी सबैको उपलब्धि हो ।” धानखेतीका लागि बीउमा अनुदान, सुलभ मूल्यमा मलको व्यवस्थापन गरेर उत्साह थपेको उहाँ बताउनुहुन्छ । पहिला पहाडी क्षेत्रमा जग्गा बाँझै बस्ने गरेको पाखो जग्गा अहिले सुन्दर देखिने तरेली परेका खेतका गराका रुपमा देख्न सकिने प्रमुख रेग्मीले बताउनुभयो । उहाँले थप्नुभयो, “लोभलाग्दा गाँजसहित धानका बालाहरु झुलिरहेका मज्जासँग देख्न सकिन्छ ।” उत्पादन बढेको छ । रेग्मी भन्नुहुन्छ, “आगामी दिनमा चेपाङ समुदायलाई माग्ने होइन दिने गरी कृषि क्षेत्रमा संलग्न हुने गरी कार्यक्रम ल्याउँदैछौँ ।” रासस