२५ जेष्ठ २०८३, सोमबार
,
Latest
५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोटका कारण स्वर्ण जित्न असहज भयो– एरिका गुरुङ



अ+ अ-

काठमाडौँ । एशियन सिनियर कराते च्याम्पियनसिपमा नेपालका लागि ऐतहासिक पदक दिलाएकी एरिका गुरुङले स्वर्ण जित्ने लक्ष्य भए पनि चोटका कारण सम्भव नभएको बताउनुभएको छ ।

ऐतिहासिक रजत पदकसहित मंगलवार स्वदेश फर्किनुभएकी एरिकाले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा घुँडामा चोटका कारण फाइनलमा समस्या भएको बताउनु भयो । एरिकाले आफ्नो लक्ष्य स्वर्ण नै जित्ने भएपनि विपक्षी धेरै राम्रो रहेको बताउनु भयो । फाइनलमा बेहोरेको हारले अभैm धेरै प्रशिक्षण गर्ने प्रोत्साहन मिलेको उल्लेख गर्दै आफ्नो यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । आगामी दिनमा यो भन्दा राम्रो नतिजा ल्याउने उनले विश्वास दिलाउनु भयो ।

मंगलवार त्रिभूवन विमानस्थलमा पदक विजेता एरिका, उहाँका प्रशिक्षक कुशल श्रेष्ठ र नेपाली टोलीको बाजागाजासहित भव्य स्वागत गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव टंकलाल घिसिङले नेपाली टोलीललाई स्वागत गरेका थिए । नेपाल कराँते महासंघ, नेपाल पुलिस क्लव र विभिन्न खेलका खेलाडी नेपाली टोलीको स्वागतमा उपस्थित रहे । सो अवसरमा नेपाली टोलीका प्रशिक्षक कुशल श्रेष्ठले पहिलोपल्ट सिनियर एशियन च्याम्पियनसिपमा जितेको पदक सम्पूर्ण नेपालीमा समर्पित गर्दै फाइनलसम्म एरिकाको प्रदर्शनबारे पनि चर्चा गरेका थिए ।

कुशलले चोटका कारण एरिकाले फाइनलमा अपेक्षाअनुरूप प्रदर्शन गर्न नसकेको र फाइनलमा एरिकाको प्रतिद्वन्द्वी भियतनामकी खेलाडी धेरै अनुभवी रहेकाले पनि स्वर्ण जित्न असफल भएको बताउनु भयो । प्रशिक्षक कुशलले जित र हार एउटा खेलाडीको जीवनमा आइरहने भएकाले यसलाई शिक्षाको रूपमा लिएर अगाडि बढ्नुपर्ने धारणा राखे ।

सो अवसरमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले एकपल्ट फेरि एरिकाले आफूलाई प्रमाणित गरेको उल्लेख गर्दै उनले अभैm धैरे सफलता दिलाउन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो सफलतामा प्रशिक्षक कुशल श्रेष्ठको प्रशिक्षण र नेपाल कराते महासंघको व्यवस्थापन सह्रानीय रहेको भन्दै प्रशंसा गर्नुभयो । सन् २०२६ मा हुने २० औं एशियाली खेलकुदमा कराते नेपालका लागि मेरुदण्ड नै रहेको भन्दै खेलाडीहरूको एक्सपोजरका लागि राखेपले थप लगानी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । एरिकासँगै अन्य खेलाडीले सम्भावना देखाएकाले उनीहरूको प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा राखेपले सहयोग गर्ने बताएका छन् ।

एरिकाले चीनको हाङझाउमा सम्पन्न २० औं सिनियर एशियन कराते च्याम्पियनसिपमा महिला कुमुते ६८ केजी तौलसमूहमाथि रजत पदक जितेकी थिइन् । नेपालका कुनैपनि खेलाडीले यस अघि एशियन सिनियर कराते च्याम्पियनसिपमा पदक जित्न सकेको थिएन । यद्यपि, उनी पहिलो स्वर्ण जित्न भने चुकिन् । यसअघि एरिका चीनकै हाङझाउमै एशियाली खेलकुदमा पहिलो स्वर्ण पदक जित्नबाट चुकेकी थिइन् ।




भर्खरै