२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी विश्वकप लिग–२ मा आज नेपालले ओमानसँग खेल्दै



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाली टोलीले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

क्यानडाको किंग्स सिटी मैदानमा हुन लागेको खेल नेपालीसमयअनुसार बेलुकाको ८:४५ बजेबाट सुरु हुनेछ ।

यसअघि खेलिएका तीन खेलमा लगातार हार बेहोरेको नेपालले आजको खेल जित्दै शृङ्खलाको सुखद् अन्त्य गर्न चाहन्छ ।

पहिलो खेलमा नेपाल क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा ओमानसँग एक विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा क्यानडासँगै ५ विकेटले पराजित भएको थियो ।

यो ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँगै टी-२० सिरिज पनि खेल्नेछ । यसपछि नेपाल लिग २ का लागि अमेरिका जानेछ । त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी-२० आई दुवै सिरिज हुनेछ ।