९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित)

छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने उपराष्ट्रपतिको विश्वास

छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने उपराष्ट्रपतिको विश्वास
अ अ+ अ-

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले नेपाली बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।  उपराष्ट्रपति पुनले अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने छठका अवसरमा शुभकामना सन्देश दिँदै भन्नुभएको छ, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र नेपाल विविध धर्म, संस्कार र संस्कृतिले अत्यन्त धनी छ । हाम्रो विविधतायुक्त संस्कार संस्कृतिले प्राकृतिकरुपमा सुन्दर नेपाललाई झनै सुन्दर बनाउनाका साथै राष्ट्रिय एकतालाई समेत सुदृढ गर्दै आएका छन् ।”

विश्वव्यापी महामारी कोभिड–१९ का कारण यस वर्ष विगतजस्तो उल्लासमय वातावरणमा हुन नसक्ने भए पनि स्वास्थ्य सुरक्षाको नियमको पूर्ण पालना गरेर हर्षका साथ छठ पर्व मनाउन उहाँले सबैलाई आग्रह गर्नुभएको छ । उपराष्ट्रपति पुनले यस पवित्र पर्वले कोरोना भाइरससँग जुध्न र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामना पनि गर्नुभएको छ ।