२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले भ्रष्टाचार वडा तहमै पुगेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले संघीयतापछि भ्रष्टाचार वडा वडामा पुगेको बताउनुभएको हो । उहाँले संघीयतामा तल तलसम्म अधिकार पुऔयाउने नाममा भ्रष्टाचार लगेको आरोप लगाउनु भयो ।

उहाँले राजनीतिक दलहरु नैतिक संकटको पतनमा रहेको बताउनु भयो । उहाँले अब देश सम्हाल्नै गाह्रो रहेको भन्दै अन्तर्राष्ट्रिय भूराजनीतिका द्वन्द्वमा नेपाल फसेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले संघीयतामा तल तलसम्म अधिकार पुऔयाउने भन्यौँ । पञ्चायत हुँदा भ्रष्टाचार अलिकति दरबारको वरिपरी सिमित थियो । बहुदल आएपछि त्यो सिंहदरबार र ७५ जिल्लामा फैलियो । र गणतन्त्र आएपछि अब त वडा वडामा पुग्यो । बजेटको झन्डै २४ प्रतिशत संघीयतामा जान्छ । तल २१ महिनामा २४ वटा मुख्यमन्त्री भएको छ, २५५ जना मन्त्री भएका छन् । नैतिक संकटको हामी तल्लो तहमा पुगेका छौँ । अब यो देश सम्हाल्न गाह्रो हुन्छ । जतिसुकै सम्हाल्छौँ भनेपनि यो सम्हाल्न गाह्रो अवस्था छ । एउटा अन्तर्राष्ट्रिय भूराजनीतिका कारण । अन्तर्राष्ट्रिय भूराजनीति अहिले चीन र भारत जसरी सर्वशक्तिमान बन्दैछन्, त्यसको कारणले गर्दा एशियातिर सिफ्ट भएका छन् ।’

वरिष्ठ उपाध्यक्ष मिश्रले भावी पुस्तालाई बस्नै अयोग्य हुने देश हस्तान्तरण गरिरहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल