२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले भ्रष्टाचार वडा तहमै पुगेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले संघीयतापछि भ्रष्टाचार वडा वडामा पुगेको बताउनुभएको हो । उहाँले संघीयतामा तल तलसम्म अधिकार पुऔयाउने नाममा भ्रष्टाचार लगेको आरोप लगाउनु भयो ।

उहाँले राजनीतिक दलहरु नैतिक संकटको पतनमा रहेको बताउनु भयो । उहाँले अब देश सम्हाल्नै गाह्रो रहेको भन्दै अन्तर्राष्ट्रिय भूराजनीतिका द्वन्द्वमा नेपाल फसेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले संघीयतामा तल तलसम्म अधिकार पुऔयाउने भन्यौँ । पञ्चायत हुँदा भ्रष्टाचार अलिकति दरबारको वरिपरी सिमित थियो । बहुदल आएपछि त्यो सिंहदरबार र ७५ जिल्लामा फैलियो । र गणतन्त्र आएपछि अब त वडा वडामा पुग्यो । बजेटको झन्डै २४ प्रतिशत संघीयतामा जान्छ । तल २१ महिनामा २४ वटा मुख्यमन्त्री भएको छ, २५५ जना मन्त्री भएका छन् । नैतिक संकटको हामी तल्लो तहमा पुगेका छौँ । अब यो देश सम्हाल्न गाह्रो हुन्छ । जतिसुकै सम्हाल्छौँ भनेपनि यो सम्हाल्न गाह्रो अवस्था छ । एउटा अन्तर्राष्ट्रिय भूराजनीतिका कारण । अन्तर्राष्ट्रिय भूराजनीति अहिले चीन र भारत जसरी सर्वशक्तिमान बन्दैछन्, त्यसको कारणले गर्दा एशियातिर सिफ्ट भएका छन् ।’

वरिष्ठ उपाध्यक्ष मिश्रले भावी पुस्तालाई बस्नै अयोग्य हुने देश हस्तान्तरण गरिरहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल