• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो ★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध

एमएस धोनीले दुबईमा श्रीमती साक्षीको जन्मदिन सानिया मिर्जा र शोएब मलिकसँग मनाए



एजेन्सी । एमएस धोनीको पत्नी साक्षीको जन्मदिनका तस्बिरहरू अनलाइनबाट प्रसारित भइरहेका छन् । ती तस्बिरहरु मध्य एक तस्बिरमा भारतीय टेनिस खेलाडी सानिया मिर्जा र पाकिस्तान क्रिकेटर शोएब मलिक दम्पतीको साथ तस्विर क्लिक गरेको देखिन्छ । इन्डियन प्रिमियर लिगको १३औं सत्रमा चेन्नई सुपर किंग्सको लागि बाहिर निस्केपछि एमएस धोनी क्रिकेटको मैदानमा फर्किएका थिए। सिजन समाप्त भएपछि धोनीले परिवारसँगै समय बिताउन दुबई फर्कने निर्णय गरेका थिए। एमएस धोनीकी पत्नी साक्षीले बिहीबार आफ्नो ३२औं जन्मदिन मनाएकी हुन् र केहि अन्य खेलकुदका महान् व्यक्तिहरू पनि सामेल भएका थिए ।

साक्षीको जन्मदिनका तस्विरहरू अनलाइन मार्फत प्रसारित भइरहेका तस्बिर मध्य एक तस्बिरमा भारतीय टेनिस प्लेयर सानिया मिर्जा र पाकिस्तान क्रिकेटर शोएब मलिक दम्पतीको साथमा देखिएको छ । सानियाले साक्षीको जन्मदिनको तस्बिर उनको इन्स्टाग्राममा पोष्ट गरेकी थिइन् ।भारतमा लकडाण्नको क्रममा सानिया मिर्जा आफ्नो पतिसँग हैदराबाद उनको घरमा थिइन् । मिर्जा आफ्नो पति शोएब मलिकसँग समय बिताउन दुबई उडेकी थिइन्।

साक्षीले हालै भनिन् उनले धोनीलाई  लामो कपालमा भएको कहिले देखिनन् । “भाग्यले मैले उसलाई लामो कपालको साथ कहिले देख्न परेन। यदि मैले उसलाई सुन्तला रंगको लामो केश हुँदा भेटेको भए म उसलाई हेर्दिन पनि थिए होला । त्यहाँ सौंदर्यशास्त्र लुकेको हुनु पर्छ पक्कै पनि। यो जोनलाई सुहाउदो थियो तर माहिको लागि लामो कपाल र त्यहाँ सुन्तला रंगको हाइलाइट गरेको राम्रो देखिदैन,”साक्षीले आईपीएल फ्रान्चाइज चेन्नई सुपर किंग्सले पोष्ट गरेको भिडियोमा भनेकी छिन्। साक्षीले यो पनि थप्दै भनिन् कि उनी मात्र एक हुन् जसले धोनीलाई शान्त गराउन सक्छिन्। म एक मात्र मानिस हुँ जसले उहाँलाई निराश पार्न सक्छ। उहाँ सबै कुरामा शान्त हुनुहुन्छ तर म मात्र एक व्यक्ति हुँ जसले उहाँलाई रिस उठाउँन सक्छ किनकि म उहाँसँग सबैभन्दा नजिक भएकि व्यक्ति हुँ। ”उनले थप्दै भनिन्।

बिहीबार उनको ३२ औँ जन्मदिन मनाउँदै साक्षीले आफ्नो श्रीमानसँग क्रिकेटको बारेमा छलफल गर्दिन भनिन् किनभने उनी आफ्नो पतिको पेशामा विश्वास गर्छिन्। हामी क्रिकेटको बारेमा चर्चा गर्दैनौं, त्यो उनको पेशा हो।