९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव

वरिष्ट उपाध्यक्षका दुबै उम्मेदवारलाई मिलाउने प्रयासमा म अहिले पनि लागिरहेकी छु: भवानी राणा

वरिष्ट उपाध्यक्षका दुबै उम्मेदवारलाई मिलाउने प्रयासमा म अहिले पनि लागिरहेकी छु: भवानी राणा
अ अ+ अ-

नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेसन यहि मंसिर ११ देखि १३ गते सम्म काठमाडौंमा हुँदैछ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष भएको व्यक्ति स्वतः अध्यक्ष बन्ने व्यवस्था भए अनुरुप हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दै हुनुहुन्छ । त्यस्तै आगामी कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचन हुनेछ । जसमा हालका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र किसोर प्रधानको उम्मेदवारी परेको छ । दुवै उम्मेदवारले निर्वाचनका लागि तयारी गरिरहेको अवस्थामा महासंघकी अध्यक्ष भवानी राणा भने दुवैलाई मिलाएर लैजाने प्रयास भइरहेको बताउदै आउनुभएको छ । कोभिडबाट व्यवसायीक क्षेत्रमा असर परेको परिस्थितिमा सरकारसँग समन्वय गरेर अगाडी बढ्न सक्ने व्यक्ति र समूह नै महासंघको नेतृत्वमा आउनुपर्नेमा समेत अध्यक्ष राणाले जोड दिनु भएको छ । यस्तै महासंघ भित्रको राजनीति र गुटलाई अन्त्य गर्ने गरी कम्तिमा पनि वरिष्ठ उपाध्यक्ष पदमा सहमतिको आधारमा उम्मेदवारी दिने कुरामा आफुले छलफल अगाडी बढाएको बताउनुभएको छ । महासंघको महाधिवेसन र चुनावको विषयमा केन्द्रीत रहेर न्यूज एजेन्सी नेपालले अध्यक्ष राणासँग गरेको कुराकानी ।   

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको रुपमा उत्तरार्धमा हुनुहुन्छ । कस्तो रह्यो कार्यकाल ?

मेरो कार्यकाल कोभिडले गर्दा केही लम्बिएको पनि छ । मेरो कार्यकालमा थुप्रै नयाँ योजनाहरु नयाँ कार्यक्रमहरु गर्यौ । महासंघलाई राष्ट्रिय तहमा र अन्तर्राष्ट्रिय तहमा बलियो बनाउन कार्यक्रमहरु गर्नको लागि थुप्रै किसिमका क्रियाकलापहरु भएका छन् । देश विदेशका भ्रमणहरु पनि यो पालि वर्ष मै दुई तीनपटक भएको छ । जस्तै प्रधानमन्त्रीसँग, राष्ट्रपतिसँग बाहिर गएर हामीले अन्तरक्रिया गर्ने मौका पायौं । भारत, चीन, युरोपमा गएर पनि नेपालमा व्यवसाय गर्नको लागि राम्रो वतावरण छ भनेर जानकारी गराउने मौका पनि पायौं ।

तपाईले आफ्नो कार्यकालमा आत्मसन्तुष्टि हुने खालको कुनै काम भएको महसुस गर्नुभएको छ ?

मेरो कार्यकालमा जुन निरन्तर हुने कार्यहरु हुन्छन, नीतिगत रुपमा सुझावहरु दिने र व्यवसाय गर्ने वातावरण निर्माण गर्नका लागि पहल गर्ने किसिमको कुरामा अगाडि बढ्यौं । मेरो कार्यकालमा नेपाल प्रादेशिक रुपमा अर्थात संघियतामा गएकोले गर्दाखेरी हामीले सातवटै प्रदेशका सरकारसँगपनि समन्वय गर्नुपर्छ भनेर सातवटा प्रदेशको मुख्यमन्त्रीहरुसँग पनि हामीले सम्झौता गर्यौ । उद्योग वाणिज्य महासंघको पनि सात वटै प्रदेशमा शाखाकार्यालय पनि खोल्यौं । महासंघको प्रदेश शाखा मार्फत त्यस क्षेत्रको आर्थिक गतिविधि बढाउनको लागि विभिन्न निकायहरुसँग समन्वय गर्ने कामहरु पनि अगाडी बढायौं ।

महासंघले गर्नैपर्ने तर समय अनुकुल नमिलेर गर्न नसकिएका कामहरु केही बाँकी छन् ?

उद्योग वाणिज्य महासंघमा नेतृत्व लिएपछि कुनैपनि काम सिद्धिदैन । निरन्तर अगाडी बढ्ने कामहरु छन् । व्यवसायिक हक हितको लागि, व्यवसाय गर्ने वातावरण बनाउनको लागि, स्वदेशी लगानीलाई कसरी विस्तार गर्ने, वैदेशिक लगानी कसरी भित्र्याउने भन्ने कुरा निरन्तर रुपमा हुने काम हो । अवको नेतृत्वले पनि त्यो गर्नुहुन्छ । अब नेपाल सरकारबाट लगानी सम्मेलनको पनि आयोजना भएको थियो जहाँ महासंघ पनि आवद्ध भएको थियो । नेपाल सरकारको यस्ता थुप्रै किसिमका कार्यक्रमहरु विभिन्न मन्त्रालयहरुसँग जस्तै उद्योग वाणिज्य मन्त्रालय, श्रम मन्त्रालयसँग मिलेर सामाजिक सुरक्षाका कुराहरु यसैपटक अगाडी बढ्यो र नयाँ ढंगले सरकारले गरेको कार्यहरुमा महासंघले पनि हातेमाले गरेर अगाडी बढ्यो । सँगसँगै थुप्रै नीतिहरु जुन परिमार्जन गर्नुपर्ने थियो लगानीको वातावरण बनाउनको लागि त्यो कुरामा पनि हामीले नेपाल सरकारलाई थुप्रै सुझावहरु दियौं । अहिले अन्तिममा आउँदाखेरी कोभिडले गर्दा विश्वलाई नै सिथिल पारेको र नेपाल सानो अर्थतन्त्र भएकोले हामीमा थुप्रै चुनौतिहरु पनि छन् । बजेट ल्याउँदा हामीले सुझावहरु पनि दियौं । खासगरी मौद्रिक नीतिमा हामीले तीनवटा कुरा उठाएका थियौं । ब्याजदर घटाउनुपर्ने, पुनरतलिकिकरण गर्नुपर्ने, रिफाइनान्स गर्नुपर्ने कुराहरु भएको छ । तर अझ पर्याप्त छैन । अझ यसलाई निरन्तरता दिनुपर्छ र त्यसका लागि अव आउने नेतृत्वले पहल गर्नुहुन्छ । म पनि निवर्तमान अध्यक्षको हिसाबले पनि महासंघमा हुन्छु र सहयोग गर्छु ।

कोभिड–१९ को कारणले विश्वभरको अर्थतन्त्रमा असर परेको छ । अव अर्थतन्त्रको पुनरउत्थानका लागि निजी क्षेत्र र सरकारले गर्नुपर्ने कुराहरु के के देख्नुभएको छ ?

निजी क्षेत्रले गर्नुपर्ने कुराहरुमा केभिड सुरु हुने वित्तीकै सरकारसँग सहकार्य गरेर हामीले काम गरिरहेका थियौं र यस्तो बेलामा आपूर्ति सहज गर्नको लागि जिल्ला जिल्लाका उद्योग वाणिज्य संघहरुलाई क्रियाशिल बनाएर उपभोक्तालाई आपूर्ति सहज होस भनेर खाद्यान्नका कुराहरु, अति आवश्यक वस्तुका कुराहरु र त्यसमा अति अप्ठेरो अवस्थामा पनि निजी क्षेत्रले सहयोग गरेको र आफ्नो उद्योगहरुलाई निरन्तरता दिन नाफा भन्दापनि उद्योग धन्दा बन्द नहोस त्यहाँ रोजजारी नगुमोस भन्ने कुरामा ध्यान केन्द्रीत छ । त्यसकारण त्यसको लागि निजी क्षेत्र मात्र होइन सरकारले पनि सहयोग गर्नुपर्छ ।

यसमा अल्पकालिन, मध्यमकालिन र दिर्घकालिन योजना बनाएर काम गर्न सकिदैन ?

अल्पकालका लागि हामीले मौद्रिक नीति मार्फत गयौं । त्यो पुग्दैन । किनभने अहिले पनि कोभिडको असर निरन्तर भइरहेको छ । अहिले बन्द खुलेको छ तरपनि जति सहज रुपमा उद्योगहरु चल्नुपर्ने हो नचलेको अवस्था छ । यस्तो अवस्थामा अल्पकालिन, मध्यमकालिन र दिर्घकालिन योजना बनाएर अगाडी बढ्नुपर्छ र लगानी विस्तार गर्नुपर्छ । ठूलो ठूलो आयोजनाहरु जुन जलविद्युत उर्जा क्षेत्रको कुरा अगाडि बढेको छ, राष्ट्रिय स्तरका ठूला आयोजनाहरु छन त्यसलाई छिट्टै सिध्याउने हिसाबमा नेपाल सरकार पनि जानुपर्ने हुन्छ । अहिले बजारमा पूँजीको कमी छ त्यसले गर्दा नेपाल सरकारबाट गर्नुपर्ने खर्चलाई पनि समयमा गर्न सक्यो भने बजारमा पूँजीको अभाव हुँदैन । सबैभन्दा ठूलो समस्या भनेको उधारो नै उठिरहेको छैन् । त्यसले गर्दा उद्योग व्यवसायलाई एकदमै अप्ठेरो परेको अवस्था छ । सरकारले मौद्रिक नीतिमार्फत गर्नुपर्ने पुनरकर्जाका कुराहरुमा सानामझौला व्यवसायलाई राम्रो नीति लिएर आएको छ तर कार्यान्वयन पक्षमा कताकता अझपनि राम्रोसँग हुन नसकेको अवस्था छ । अहिले गभर्नरले ल्याउनु भएको कुराहरुलाई हामीले स्वागत पनि गरेका छौं । त्यसलाई अझ दिर्घकालिन योजना बनाउनुपर्ने समय आएको छ । सरकारले बाहिरबाट लगानी भित्र्याउनुपर्ने कुराहरु, पूँजी पनि भित्र्याउनुपर्यो । त्यस्ता कुराहरुलाई ध्यान दिनुपर्छ जस्तो लाग्छ र निजी क्षेत्रले गर्नुपर्ने सहयोग त सरकारलाई गरिनै रहेको छ ।

उद्योग वाणिज्य महासंघमा अध्यक्षको चुनाव नभई वरिष्ठ उपाध्यक्षको चुनाव हुने गर्छ । यो चुनावलाई कसरी हेरिरहनु भएको छ ?

म महासंघमा भएको झण्डै १५ वर्ष भइसक्यो । पहिला पहिला अध्यक्षकै निर्वाचन हुन्थ्यो । म पनि उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष भएर नै अध्यक्षमा पुगे । पछिल्लो समयमा महासंघमा धेरै राजनीति भयो त्यसकारण अध्यक्ष भन्दापनि वरिष्ठ उपाध्यक्षको निर्वाचन गरौं र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भइसकेपछि अलिकति राजनीति कम हुन्छ र काम गर्न सकिन्छ भन्ने हो । किनभने उद्योग वाणिज्य महासंघ भनेको सरकार पछिको ठूलो सञ्जाल भएको संस्था हो । यो राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि छ । वरिष्ठ भएर आइसकेपछि उसले भोली अध्यक्ष बन्छु भनेर महासंघको संस्थागत रुपमा गर्नुपर्ने काम देखि लिएर सरकारसँग गर्नुपर्ने कामहरुका कुराहरुलाई सहज ढंगबाट गरोस । उ राजनीतिमा नमिसियोस र भोली आउने दिनमा फेरी निर्वाचन हुँदा राजनीतिको कारण वरिष्ठ भइसकेको व्यक्ति निर्वाचित नहुन सक्छ अर्को नयाँ मान्छे आउन सक्छ त्यसकारणले वरिष्ठ भएकोलाई अध्यक्ष बनेर काम गर्ने प्रक्रिया सुरु गरेका थियौं । यो सुरु गर्दाखेरी कति राम्रा पक्षहरु पनि छन कति ठाउँमा निर्वाचन अध्यक्षकै हुनुपर्छ अझ राजनीति भयो भन्ने कुराहरु पनि आइरहेको छ । त्यसले गर्दाखेरी मलाई लाग्छ यो साधारणसभाले वा जिल्ला, वस्तुगत, र एसोसिएट्सका सदस्यहरुले जे चाहनुहुन्छ त्यही हुन्छ । विधान भन्ने कुरा त समय अनुसार र सदस्यहरुको सुझाव अनुसार परिवर्तन भइराख्ने कुरा हो ।

संस्थाको अभिभावकिय भूमिकामा हुनुहुन्छ । निर्वाचन आफैमा पनि प्रजातन्त्रिक प्रक्रिया हो । चुनावको समय छ । दुवै उम्मेद्वार आर्शिवाद लिन आउनुभएको होला । के आर्शिवाद दिनुभएको छ ?

निर्वाचन आफैमा प्रजातन्त्रिक प्रक्रिया हो र हुनुपनि पर्छ । किनभने प्रतिस्पर्धामा गएर अगाडि बढ्यो भने राम्रो पनि हुन्छ र कतिपय समयमा मेलमिलाप गरेर पनि अगाडी बढ्नुपर्छ । जस्तै उद्योग वाणिज्य महासंघको इतिहासमा पनि थुप्रै अध्यक्षहरु हुनुहुन्छ जसलाई एकपछि अर्को गरेर मिलाएर लगेका छौं । उद्योग वाणिज्य महासंघमा पुग्दाखेरी हामीपनि आफ्नो समयलाई योगदान गरेर, आफ्नो हरेक आर्थिक गतिविधि र समाजिक काम छाडेर उद्योग वाणिज्य महासंघलाई सत प्रतिशत दिएको हुन्छौं । त्यही भनेर नै त्यहाँ नेतृत्वहरु आएका हुन्छन् । अहिलेपनि निर्वाचन प्रजातान्त्रिक ढंगबाट हुनुपर्छ भन्दाभन्दैपनि मिल्ने पक्षमा जानुपर्छ भन्ने कुरामा म पनि व्यक्तिगत रुपमा सोच्छु । किनभने अहिले कोभिडको बेला पनि छ । अहिले एक अर्कालाई निर्वाचन गरेर हिंडनु भन्दापनि मेलमिलाप गरेर अगाडी बढ्यो भने ठिक हुन्छ । दुईवटा पक्ष जुन हुनुहुन्छ एउटा वरिष्ठ उपाध्यक्षमा उठनु भएको किशोर प्रधान हुनुहुन्छ जो लामो समयदेखि महासंघमा बस्नुभएको छ । उहाँको पनि अनुभवहरु छ । उहाँ उद्योग वाणिज्य महासंघलाई चाहिने व्यक्ति पनि हो । अर्कोतर्फ चन्द्रप्रसाद ढकाल हुनुहुन्छ । उहाँपनि महासंघलाई चाहिने व्यक्ति हो । त्यसकारण दुवै जनालाई मिलाएर एकपछि अर्को गर्न सक्यो भने उहाँहरुको लागि पनि र महासंघको लागि पनि एकजनालाई गुमाउनु भनेको पनि महासंघले एउटा असल उद्यमी जसले उद्योग व्यवसायको लागि लडन सक्छ, उद्योग व्यवसायलाई अझ अगाडी बढाउन सक्छ र नेपाल सरकारसँग समन्वय गरेर काम गर्न सक्छ । होइनभने महासंघलाई अगाडी बढाउने शक्ति गुमाउँछ । त्यसले गर्दाखेरी दुवै जनालाई मिलाएर सहमतिको वातावरण बनाएर अगाडी बढ्न सक्यो भने राम्रो हुन्छ ।

तपाई अध्यक्षको रुपमा के कस्तो पहल गर्नुहुन्छ ?

अध्यक्षको रुपमा मैले दुवै जनालाई एउटा शशक्त उम्मेदवारको रुपमा देख्छु । दुई जना नै महासंघमा अटनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ । मलाई लाग्छ महासंघले पनि त्यो धारणा लिएर अगाडि बढ्नुपर्छ र उहाँहरुसँग सहमतिको लागि कुरा भइरहेको छ । अव निर्वाचनको समय पनि आयो । तिहार सिद्धिएको अवस्था छ । छठपछि एकचोटी दुईजनालाई राखेर कुरा गरेर सहमतिको वातावरण बनाउँछु भन्ने मैले सोचेको छु । त्यो प्रयास नेतृत्वमा पुगेको व्यक्तिले गर्नुपनि पर्छ ।

दुवै उम्मेदवारको सवल पक्षहरु के के देख्नुभएको छ ?

दुवै जनाको पक्ष हेर्दाखेरी दुवैको आ–आफ्नो किसिमको सक्षमता छ । एकजना लामो समयसम्म उद्योग वाणिज्य महासंघमा बस्नुभएको र जिल्ला नगरमा दुईपटक उपाध्यक्षको पदमा कार्य गरिसक्नुभएको छ । उहाँको अनुभव र मेरो कार्यकालमा पनि दुईपटक उपाध्यक्ष भएर कार्यपनि गर्नुभयो । चन्द्रप्रसाद ढकालमा पनि आफ्नै किसिमको महत्व छ । उहाँलेपनि मेरो कार्यकालमा उपाध्यक्षको रुपमा एसोसिएट तर्फबाट रोजगारदाता परिषद्को सभापति भएर काम गर्नुभएको छ । त्यसकारण उहाँहरुको आफ्नै किसिमको क्षमता, आफ्नै किसिमको योज्ञता र आफ्नै किसिमको इमान्दारिता छ र दुवै जनाले महासंघको नेतृत्वमा पुगेर म गर्छु भनेर आफ्नो आफ्नो धारणाहरु लेखिसक्नु भएको छ । नेतृत्वमा पुगेपछि गर्ने भनेको महासंघको हकहितको लागि हो, व्यवसायीहरुको हक हितको लागि हो र सरकारसँग सहकार्य गरेर देश विकासको लागि आर्थिक विकासको लागि काम गर्ने हो । दुवै जनालाई सहमति गरेर अगाडि बढ्नको लागि मेरो प्रयास रहनेछ ।

हामीले बुझ्दा दुवै उम्मेदवारले यहाँबाट बराबरी सुभेक्षा पाएका छन् ?

मैले उहाँहरु दुवै जनालाई शुभकामना दिएको छु । दुवै जनालाई अहिलेसम्मपनि एक पछि अर्को गरेर मिल्नको लागि आउनुस भनेर आव्हान पनि गरेको छु । त्यसैले गर्दा दुवै पक्षले महासंघको हितको लागि त्याग गर्न सक्नुपर्यो । त्यसकारणले एक जनालाई पनि नगुमाउन चाहन्छौं एकपछि अर्को गरेर गर्नको लागि मेरो फेरी एकचोटी अन्तिम प्रयास रहनेछ ।

आशावादी रहने ठाउँ कत्तिको छ ?

मलाई लाग्छ अन्तिम सम्मपनि किन हामी निराश हुने । आशावादी हुने ठाउँहरु अझपनि छन् । एकपटक बसेर कुरा गर्नुपर्छ ।
सामाजिक सञ्जाल र मिडियामा पनि तपाईमाथि केही प्रश्नहरु उठाइएका छन् । उम्मेदवारी घोषणा गर्दा तपाई एक उम्मेदवारको कार्यक्रममा गइदिनुभयो । 

नगइदिएको भए अझै राम्रो हुन्यो की ?

दुवै जनाको घोषणा सभामा म गएको छैन । उहाँहरुलाई मिलाउने प्रयासमा म अहिलेपनि लागिरहेको छु । मेरो काम गर्दाखेरीको अनुभव किसोर प्रधानजी सँग र चन्द्र ढकालजी सँगपनि कुरा गरें र ढकालजी पनि महासंघमा चाहिने व्यक्ति हो । त्यसले गर्दाखेरी नेतृत्वको रुपमा मिलाउनको लागि मैले सहमतिको प्रयास गरिरहेकै छु ।

एकातर्फ कोभिडले देशको आर्थिक क्षेत्रमा क्षति पुर्याएको अवस्था छ भने अर्को तर्फ महासंघमा राजनीति हुँदा काम गर्न झनै गाह्रो भएको होला । के भन्नुहुन्छ ?

कुनैपनि संघसंस्थामा राजनीति त हुन्छ नै । अव उद्योग वाणिज्य महासंघ भनेको एउटा इतिहास बोकेको संघ हो । महासंघमा जिल्लानगरका, वस्तुगतका र एसोसिएटका सदस्यहरु हुनुहुन्छ । त्यसैले त्यहाँभित्र केही न केही राजनीति हुन्छ तरपनि निर्वाचन पश्चात यो गुटवन्दी बन्द गर्नुपर्छ र म महासंघमा हुँदाखेरी देखि नै एउटा नेतृत्वको रुपमा, उपाध्यको रुपमा अगाडी बढेदेखि नै मिलाएर लैजानुपर्छ भन्ने मेरो प्रयास सधै भइरहेको छ । त्यसकारणले अव आउने नेतृत्वहरुले पनि यसलाई अगाडी बढाउनुहुन्छ भन्नेमा म अलिकति विश्वास राख्छु । अवश्य नै कोभिडले गर्दाखेरी आउने दिनहरु चुनौतिपूर्ण नै छ । त्यसकारणले सबैलाई मिलाएर सबैलाई साथ लिएर नै अगाडी बढ्नुपर्छ । किनभने म नेतृत्वमा बस्दा मैले गर्दा मात्रै कार्यहरु सफल भएको भन्दिन मेरो टिमले गर्दाखेरी भएको हो । मेरो वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, मेरा केन्द्रीय साथिहरुले आ–आफ्नो क्षेत्रमा सभापति भएर काम गर्नुभयो, उपाध्यक्षहरुले आ–आफ्नो भूमिका निभाउनुभयो त्यसले गर्दाखेरी यो कार्यकाललाई सफल बनाउनको लागि उहाँहरुले जुन किसिमको सहयोग गर्नुभएको छ । त्यसकारण टिमवर्कमा नै म विश्वास गर्छु । अव आउने नेतृत्वले पनि टिमलाई नै सँगै लिएर अगाडी बढ्नुहुन्छ होला ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रति जो आवद्ध भएर लाग्नु भएको छ उहाँहरुलाई साधारण सभाको विषयमा केही आव्हान गर्न चाहनुहुन्छ ?

अवश्य नै अहिले पनि म हरेक उपाध्यक्षहरु देखि लिएर सदस्यहरु, पूर्व अध्यक्षहरु पनि लागिराख्नु भएको छ  । सकेसम्म एउटा दुईवटा पदमा सहमति हुन सक्यो भने खासगरी वरिष्ठ पदमा हुन सक्यो भने राम्रो हुन्छ की भन्ने कुराहरुको पक्षमा मलाई लाग्छ । आफ्नो आफ्नो तहबाट थुप्रै प्रयास भइरहेको छ । कतिले निर्वाचन नै हुनुपर्छ भन्नेपनि चाहेको होलान र कतिले प्रयासपनि गरिरहेका छन । अव हुने साधारणसभा पछिको नयाँ नेतृत्वमा गुटवन्दी हुनहुन्न भन्ने छ । मलाई लाग्छ मेरो कार्यकालमा पनि खासै गुटवन्दी थिएन । हामी काममा केन्द्रीत भएर अगाडी बढेका थियौं । निर्वाचन पश्चात जसले नेतृत्व लिनुहुन्छ उहाँले टिमलाई मिलाएर अगाडी बढ्नुपर्छ भन्ने मेरो धारणा छ र बढ्नुहुन्छ भन्नेपनि विश्वास छ ।