२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति नेता आङ्देम्बेले संसदमा प्रयोग गरेका ‘अपमानजनक शब्द’ हटाउन रास्वपा सांसद बास्कोटाकाे माग नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन: एमाले नेता थापा संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने



अ+ अ-

काठमाण्डौ । कागेश्वरी मनोहरा ९ काँडाघारीको उज्ज्वल तारा स्कुलले अल्ट्रा म्याराथुन धावक हरि बहादुर रोकायालाई २५ हजार ५५५ रुपैयाँ राशी सहितको ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गर्ने निर्णय गरेको छ ।

जुम्लाका ५९ वर्षिय धावक रोकायाले म्याराथन दौडमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रेकर्ड कायम गरि गिनीज बुकमा समेत आफ्नो नाम लेखाउन सफल भएका खेलाडी हुन् ।

उज्ज्वल तारा स्कुलले हरेक वर्ष आयोजना गर्दै आएको ‘ उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ को आठौं संस्करणकोे अवसरमा यही असोज १२ गते शनिबार धावक रोकायालाई सो सम्मान प्रदान गरिने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्कीले बताइन् । विद्यालयले गत वर्ष अर्का चर्चित धावक बैकुण्ठ मानन्धरलाई सो सम्मान प्रदान गरेको थियो ।

यो वर्षदेखि कागेश्वरी मनोहरा नगरपालिकाले दौड प्रतियोगिताको आधा स्वामित्व लिएका कारण आठौं संस्करणदेखि दौडको नाम ‘कागेश्वरी मनोहरा उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ राखिएको छ ।
विगत ८ वर्षदेखि ५ किलोमिटर दुरीको दौड आयोजना गरिँदै आएको आठौं संस्करणको दौड भने यही असोज १२ गते शनिबार आयोजना हुने र एक हजारजना भन्दा बढीले भाग लिने दौडका संयोजक एवम् नेपाली सेनाका महासेनानी विष्णु कार्कीले बताए ।

संयोजक कार्कीका अनुसार प्रतियोगितामा खुल्लातर्फ १८ वर्षभन्दा माथिका उमेर समूहको महिला र पुरुषतर्फ गरि दुई विधा, अभिभावकतर्फ पुरुष र महिलाको गरि दुई विधा, युगल जोडीको एउटा विधा र ५५ वर्ष उमेर माथि समूहको पुरुष र महिलातर्फ २ विधा तथा छात्रा छात्राको समेत गरि यो वर्ष ९ वटा विधा रहने छ । दौडका विजेताहरुलाई विधा अनुसार नगद, ट्रफि, पदक र प्रमाणपत्रको साथै अन्य पुरस्कार रहेको छ ।

महासेनानी कार्कीका अनुसार दौडमा सहभागी हुन प्रत्येक सहभागीले नाम दर्ता शुल्क वापत ३५० रुपैयाँ तिर्नुपर्ने र त्यसरी संकलन भएको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक ‘वाल मुटुरोग अस्पताल’लाई हस्तान्तरण गरिनेछ ।




भर्खरै