७ आश्विन २०८१, सोमबार
,
Latest
शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप कांग्रेसको संसदीय मामिला विभाग सदस्य मनोनीत जनगणनामा कोही पनि नछुटुन् भन्नेकुरामा सचेत हुन सरकारलाई सांसदहरुको सुझाव दुर्गा प्रसाईंलाई गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन: साना तथा मझौला उद्योगमा लगानी बढाउँदै क्रियटिभ इकोनोमीको… गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो चिरञ्जीवीको नाम गिनिज बुकमा संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने



अ+ अ-

काठमाण्डौ । कागेश्वरी मनोहरा ९ काँडाघारीको उज्ज्वल तारा स्कुलले अल्ट्रा म्याराथुन धावक हरि बहादुर रोकायालाई २५ हजार ५५५ रुपैयाँ राशी सहितको ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गर्ने निर्णय गरेको छ ।

जुम्लाका ५९ वर्षिय धावक रोकायाले म्याराथन दौडमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रेकर्ड कायम गरि गिनीज बुकमा समेत आफ्नो नाम लेखाउन सफल भएका खेलाडी हुन् ।

उज्ज्वल तारा स्कुलले हरेक वर्ष आयोजना गर्दै आएको ‘ उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ को आठौं संस्करणकोे अवसरमा यही असोज १२ गते शनिबार धावक रोकायालाई सो सम्मान प्रदान गरिने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्कीले बताइन् । विद्यालयले गत वर्ष अर्का चर्चित धावक बैकुण्ठ मानन्धरलाई सो सम्मान प्रदान गरेको थियो ।

यो वर्षदेखि कागेश्वरी मनोहरा नगरपालिकाले दौड प्रतियोगिताको आधा स्वामित्व लिएका कारण आठौं संस्करणदेखि दौडको नाम ‘कागेश्वरी मनोहरा उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ राखिएको छ ।
विगत ८ वर्षदेखि ५ किलोमिटर दुरीको दौड आयोजना गरिँदै आएको आठौं संस्करणको दौड भने यही असोज १२ गते शनिबार आयोजना हुने र एक हजारजना भन्दा बढीले भाग लिने दौडका संयोजक एवम् नेपाली सेनाका महासेनानी विष्णु कार्कीले बताए ।

संयोजक कार्कीका अनुसार प्रतियोगितामा खुल्लातर्फ १८ वर्षभन्दा माथिका उमेर समूहको महिला र पुरुषतर्फ गरि दुई विधा, अभिभावकतर्फ पुरुष र महिलाको गरि दुई विधा, युगल जोडीको एउटा विधा र ५५ वर्ष उमेर माथि समूहको पुरुष र महिलातर्फ २ विधा तथा छात्रा छात्राको समेत गरि यो वर्ष ९ वटा विधा रहने छ । दौडका विजेताहरुलाई विधा अनुसार नगद, ट्रफि, पदक र प्रमाणपत्रको साथै अन्य पुरस्कार रहेको छ ।

महासेनानी कार्कीका अनुसार दौडमा सहभागी हुन प्रत्येक सहभागीले नाम दर्ता शुल्क वापत ३५० रुपैयाँ तिर्नुपर्ने र त्यसरी संकलन भएको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक ‘वाल मुटुरोग अस्पताल’लाई हस्तान्तरण गरिनेछ ।