६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै, शुक्रबार ११०७ जना थपिए



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा शुक्रबार काठमाडौँ उपत्यकामा ११ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । यसमध्ये ४८४ जना महिला र ६२३ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार काठमाडौँमा ९ हजार ६८१ जना सक्रिय संक्रमित रहेका छन् भने भक्तपुरमा ७८३ तथा ललितपुरमा २२२८ संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १९४५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ३४० जनाको पीसीआर परीक्षण गर्दा ७४० जना महिला र १२ सय ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म २ लाख १६ हजार ९६५ जनामा संक्रमण पुष्टि भएर कूल संक्रमित ११.४ प्रतिशत भएको छ ।  हाल सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।

पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको कूल संख्या १२ सय ९८ पुगेको छ ।