९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित)

अमेजिङ युनान सांग्रिला कल्चरल एक्सचेन्ज सुरु

अमेजिङ युनान सांग्रिला कल्चरल एक्सचेन्ज सुरु
अ अ+ अ-

काठमाडौं । नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा काठमाडौंमा अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी आयोजना भएको छ ।  नेपाल चाइना मिडिया फोरमको आयोजनामा नयाँ बानेश्वरमा रहेको होटल एभरेष्टमा आज (शुक्रबार) देखि फोटो प्रदर्शनी सुरु भएको हो । फोटो प्रदर्शनीको अवलोकन गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गर्नुभयो ।

फोटो प्रदर्शनीको अवलोकन गरेपस्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले यस्तो कार्यक्रमले दुई देशबीचका जानतालाई अझ नजिक ल्याउन मद्दत पु¥याउने बताउनुभयो । फोटो प्रदर्शनीले नेपाल र चीनका प्राकृतिक वैभवहरुलाई चिन्ने र बुझ्ने अवसर प्रदान गर्ने समेत अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । यस्तै प्रदर्शनीमार्फत नेपालको प्राकृतिक सुन्दरताहरुलाई प्रवद्र्धन गरी पर्यटनको विकास र विस्तार हुने विश्वास समेत व्यक्त गर्नुभयो । 
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले यस्तो कार्यक्रमले दुई देशबीचको पर्यटनको प्रवद्र्धनमा सहजता पुग्ने बताउनुभयो । यस्तै नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पक्षबाट उल्लेख्य सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो । 


कुटनीतिक सम्बन्ध स्थापना भएको वर्षगाँठको अवसरमा दुवै देशको सांस्कृतिक पहिचान झल्किने विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी भएपनि कोभिड संक्रमणको जोखिमका कारण सम्भव हुन नसकेको नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले बताउनुभएको छ । सांस्कृतिक फोटो प्रदर्शनीमा नेपाल र चीनको सम्बन्ध झल्काउने तस्विरहरु राखिएका छन् । फोटो प्रदर्शनी मंसिर ११ गते सम्म सञ्चालन हुनेछ ।