२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि निगरानीमा, प्रतिवेदन अध्ययन हुँदैछः प्रहरी



फाईल फोटो
अ+ अ-

काठमाडौं। सहकारी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निकट निगरानीमा राख्ने तर तत्काल पक्राउ नगर्ने प्रहरीको उच्च स्रोतले जनाएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएलगत्तै गोरखा मिडिया नेटवर्कमा सञ्चालक छबिलाल जोशी पक्राउ परेपछि रवि लामिछानेलाई पनि पक्राउ गर्ने तयारी भै रहेको चर्चा चलेपछि प्रहरीको उच्च स्रोतले यस्तो जानकारी दिएको हो ।

स्रोतले भन्यो ‘गृहमन्त्रालयले दिएको निर्देशन र प्रतिवेदनलाई अध्यायन गर्ने काम भै रहेको छ ।’

आजै नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको थियो । जोशीलाई आज काठमाडौँबाट पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । सूर्यदर्शन सहकारी लगायतका विषयमा सोधपुछ गर्न जोशीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।