२५ श्रावण २०८३, सोमबार
,
Latest
यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति अनलाइन ठगीको सञ्जालः विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख रुपैयाँ ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त दक्षिण लेबनानको ‘पाइलट क्षेत्र’ मा तीन सैनिक घाइते, इजरायली सेनाद्वारा अनधिकृत संरचना निर्माण झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो



अ+ अ-

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ को अङ्कमा रोकिएको हो ।

आज तीन सय २५ कम्पनीको एक करोड २४ लाख ८५ हजार सात सय ३१ कित्ता शेयर ७२ हजार नौ सय ५७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब नौ करोड २९ लाख ४८ हजार छ सय ९० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

वित्त समूह शून्य दशमलव ३१, होटल तथा पर्यटन शून्य दशमलव ६१, उत्पादन तथा प्रशोधन शून्य दशमलव १९, लघुवित्त शून्य दशमलव १८ र म्युचुअल फन्ड शून्य दशमलव १० प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा बढी बैकिङ समूह एक दशमलव ०१ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलव ६६, जलविद्युत् शून्य दशमलव ३१, लगानी शून्य दशमलव ६२ र जीवन बीमा समूह शून्य दशमलव २४ प्रतिशतले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूह शून्य दशमलव ४७, व्यापार शून्य दशमलव ०७ र अन्य समूह शून्य दशमलव ४१ प्रतिशतले बढेको छ ।

इस्टर्न हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र अपर साङ्गी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य आठ दशमलव ६५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको कम्पनी लिमिटेडको रु २७ करोड ८० लाख २७ हजार सात सय १५ बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को छ लाख ४७ हजार दुई सय तीन कित्ता किनबेच भएको छ ।