५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेता कोईरालाले काँग्रेसका युवाहरु अघि बढेकाले उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि पार्टीले प्रोत्साहित गर्नुपर्ने बताउनु भयो । शनिबार धुलिखेलमा विपी कोईरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै नेता कोईरालाले युवाहरुको मागलाई पार्टीले सम्बोधन नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

शेरबहादुर देउवा सदावहार पार्टी सभापति नहुने भएकाले पनि त्यसमा युवाहरुलाई ल्याउनुपर्ने उहाँको भनाई थियो । विपी कोईरालाले पदबाट राजीनामा दिएर कृष्णप्रसाद भट्टराई पार्टी सभापतिको पदको जिम्मेवारी दिएको उल्लेख गर्दै त्यसबाट सिकेर अहिलेको नेतृत्वले पनि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले काँग्रेसले आफ्नै खुट्टामा उभिएर अघि बढ्नुपर्ने पनि बताउनु भयो ।

नेता कोइरालाले भन्नुभयो, ‘६० प्रतिशत मानिसहरु ४० वर्षमुनिका छन । तर नेताहरुले कहिल्यै पनि तिनीहरुलाई सम्बोधन गरेनन । सबै बुढाहरुका लागि मात्रै सम्बोधन गरेँ । हामीले कहिल्यै पनि युवाहरुलाई सम्बोधन गर्न सकेनौं । जहिले पनि मन्त्रीहरु बुढैहरु बन्छन् । युवाहरुले कहिल्यै चान्स नै पाउँदैनन् । मन्त्री मात्रै होइन, कुनै पनि ठाउँमा युवाहरुलाई प्रोत्साहन किन गर्दैनौं हामी ? भोलीको राजनीति त उनीहरुको हातमा दिनुपर्ने हो ।

शेरबहादुरजी सदावहार यहाँ पार्टी सभापति हुनुहुन्न । अब युवाहरु आउँछन, उनीहरुलाई ठाउँ दिनुपर्यो । उनीहरुलाई अगाडि बढाउनु प¥यो । हामी त छौ तर कति दिन छौँं ? आज छौ, भोली हुँदैनौं । त्यसैले अलिपर हामीले सोच्नुपर्यो । आफ्नो सन्ततिलाई दिनु पर्यो । विपी कोइरालाले हेर्नुस–उहाँले के सबै आफ्नो लागि मात्रै गर्नुभयो ? उहाँले सभापति हुँदाहुँदै राजीनामा दिएर किसुनजीलाई सभापति बनाउनु भयो ।

किनभने उहाँको स्वास्थ्य ठिक थिएन । विपीको कुरा छोडौं उहाँका एक एक किस्सा छन, तपाईहरुलाई भन्ने मेरो समय छैन । तर हामीले विपी कोइरालालाई पुजेर मात्रै हुँदैन । उहाँको आर्दश बुझौं । उहाँको पदचिन्हमा हिँडौं । नेपाली काँग्रेस यत्रो बलियो शक्ति छ । मलाई छक्क लाग्छ–हाम्रो बहुमत हुँदैन । यत्रो शक्तिशाली पार्टी, यत्रो राम्रो उद्देश्य, यत्रो संघर्षपूर्ण जीवन ७० वर्ष संघर्ष गरेर बल्ल त हामीले संविधान दियौं ।

सुशील कोईरालाले संविधान बनाउनु भयो । तर यो निरन्तर लागि राखेका छौं । तैपनि हामीले जहिले पनि अल्पमतमा हुने । अथवा गठबन्धनको सरकार हुने । हामीले आफ्नो खुट्टामा उभिएर अरुलाई ठेगान लगाउनु पर्छ । त्यो दृष्टि राख्नुपर्यो ।

नेता कोईरालाले काँग्रेसले बलियो भएर पनि बुहमत ल्याउन नसकेको अवस्थाको अन्त्य हुनेगरी काम गर्नुपर्ने बताउनु भयो ।