• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

साताको पहिलो दिन आइतबार सुनको मूल्य तीन सयले बढ्यो



काठमाडौं । साताको पहिलो दिन आइतबार (आज) सुनको मूल्य बढेको छ। शुक्रबार डेढ महिनायताकै सस्तोमा कारोबार भएको सुन आज तोलामा ३ सय रुपैयाँले बढेको हो।

शुक्रबार तोलाको ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९४ हजार ३ सयमा कारोबार भइरहेको छ भने तेजाबी सुन ९३ हजार ८ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ बढ्दा चाँदी भने स्थिर छ। शुक्रबार तोलाको १ हजार २ सय १० मा कारोबार भएको भएको चाँदीको मूल्य आज पनि उही छ।