१९ माघ २०८१, शनिबार
,
Latest
बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली तथा प्रमुख प्रतिपक्षदलका नेता देउवा बिच भेट



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रमुख प्रतिपक्षदलका नेता शेर बहादुृर देउवा संग भेटवार्ता गर्नुभएको छ ।  शनिबार दिउसो भएको भेटमा रिक्त रहेको संवैधानिक निकाय र विश्वविद्यालयका उपकुलपतिहरुको नियुक्तिका बारेमा छलफल हुनुका साथै  नेकपा भित्र पछिल्लो समयमा देखिएको अन्तरबिरोधका बारेमा पनि दुई नेता बीच कुृरा भएको जनाईएको छ । सत्तारुढ दल नेकपाको विवाद उत्कर्षमा पुगेको बेला भएको यो भेटलाई अर्थपूर्ण  रुपमा लिईएको छ । 

नेता रमेश लेखकलाई लिएर  बालुवाटार पुग्नु भएका नेता देउवाले प्रधानमन्त्री ओली संग  करिब डेढ घण्टा जति छलफल गर्नुभएको थियो ।  दुई शिर्षतहमा  छलफल पछि दुईनेताले संवैधानिक निकायमा पदाधिकारी  नियुक्त तथा  विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सहजिकरण गर्न  जिम्मा दिएका छन् ।

हाल विभिन्न संवैधानीक निकायमा ४८ पद रिक्त रहेको छ भने अधिकासं विश्वबिद्यालयमा उपकुलपति सहित  पदाधिकारी रिक्त रहेको छ । साथै प्रधानमन्त्री ओलीले पार्टी भित्र बाट आफुलाई असहयोग भएको भन्दै परिस्थिती फेरिएमा सहयोग गर्न देउवा संग आग्रह समेत गर्नुभएको जनाईएको छ ।