३० कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलत्कार सम्बन्धि कानून शंसोधन गर्न नयाँ अध्यादेश आउँदै



अ+ अ-

काठमाडौ । सरकारले बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई पनि फौजदारी अपराधमा कारबाही गर्न सकिने गरी  अध्यादेश ल्याएको छ ।मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस  गर्ने निर्णय गरेको हो ।

अध्यादेशमा बलत्कार सम्बन्धी कुनै पनि घटनालाई मेलमिलाप गराए अपराधका रुपमा लिने ब्यबस्था गरिएको छ । यसै गरी बलत्कारको परिभाषालाई पनि संशोधन गर्दे सरकारले उमेर लिङ्ग लगायका जोसुकैले पनि जसलाई पनि बलत्कार गर्नसक्छ भन्दै परिभाषको दायरालाई फराकिलो बनाएको छ ।

अध्यादेशमा न्युनतम सजाय घटाइएको छैन भने अधिकतम सजाय बढाइएको छ ।