चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा कोरोना संक्रमित ५४ वर्षीया महिलाको मृत्यु भएको छ । तनहुँ व्यास नगरपालिका–८ की ति महिलाको उपचारको क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा मत्यु भएको मेडिकल कलेजका निर्देशक प्रा. डा. दयाराम लम्सालले जानकारी दिएका हुन् ।
डा. लम्सालका अनुसार उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौला सम्बन्धी रोगले समेत पीडित थिइन् । कात्तिक २९ गते मेडिकल कलेजमा उनी भर्ना भएकी थिइन् ।
सोही दिन कोरोना संक्रमण पुष्टि भएपछि कोभिड आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उपचार थालिए पनि आइतबार बिहान ११ः१६ बजे उनको मृत्यु भएको डा. लम्सालले बताए ।











