काठमाडौं । बाँकेमा एक कोरोना संक्रमित पुरूषको उपचारको क्रममा मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका–३ का ७७ वर्षीय वृद्धको नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यस भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका हुन् ।
उनको आइतबार दिउँसो १२ः४५ बजे मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि उनी मंसिर ५ गते अस्पतालमा भर्ना भएका थिए । कोरोना संक्रमणको आशँकामा परीक्षण गर्दा भोलिपल्ट उनको रिपोर्ट पोजेटिभ आएको श्रेष्ठले बताए ।











