२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति नेता आङ्देम्बेले संसदमा प्रयोग गरेका ‘अपमानजनक शब्द’ हटाउन रास्वपा सांसद बास्कोटाकाे माग नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन: एमाले नेता थापा संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ओमानसँग पराजित



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो ।

क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड (ए), किङ सिटी, अन्टेरियोमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । ओमानले नेपालले दिएको लक्ष्य ४९ दशमलव ५ ओभरमा नौ विकेटको क्षतिमा भेट्टाएको हो ।

नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गर्दै रोमाञ्चक जित निकाल्न सफल भयो ।

अन्तिम दुई ओभरमा ओमानलाई १० रन चाहिएको थियो भने एक विकेट मात्र बाँकी थियो । जसमा नेपालका करण केसीले ४९औं ओभरमा २ रन मात्र खर्चिए ।

त्यसपछि ओमानलाई अन्तिम ओभरमा ८ रन चाहियो । ओमानका कलीमुल्लाहले नेपालका सोमपाल कामीविरूद्ध पहिलो बलमा एक रन लिँदा सकील अहमदले दोस्रो बलमा चौका र चौथो बलमा एक रन लिए । पाँचौ बलमा कलीमुल्लाहले चौका प्रहार गरेपछि ओमानले एक बल बाँकी छँदा जित निकाल्यो ।

नेपालका लागि गुलशन झाले सानदार बलिङ गरे । उनले कप्तान अकिब इल्यासलाई २९ रन, आयान खानलाई ९ रन, शोहिब खानलाई २६ रन, फयज बटलाई ८ रन र जय ओडेड्रालाई ५ रनमा आउट गर्दै पाँच विकेट लिए ।

उनले १० ओभरमा २ मेडन राख्दा ४७ रन दिए । करण केसीले २ विकेट लिँदा सन्दीप लामिछाने र आरिफ शेखले १–१ विकेट आफ्नो नाममा लेखाए।

त्यसअघि ओमानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २२० रन जोड्यो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ६० रन जोडे । उनले ७२ बल खेल्दा २ चौका र ४ छक्का प्रहार गरे । यस्तै गुलशन झाले ३५ बलमा ५३ रनको योगदान दिए । उनले ३ चौका र ५ छ्क्का प्रहार गरे ।

सोमपाल कामीले ८ बलमा २ छक्का प्रहार गर्दै २० रन जोडेपछि नेपालले २ सय रन कटायो ।

तर, नेपालको सुरुवात भने राम्रो भएन । कुशल भुर्तेलको स्थानमा ओपनिङको मौका पाएका अर्जुन साउदले ५ रन मात्र जोड्न सके । अर्का ओपनर आसिफ शेख ११ रनमा आउट भए । भीम सार्कीले पनि ११ रन मात्र जोड्न सके।

दोस्रो खेलमा मौका पाएका आरिफ शेखले ८८ बल खेल्दा ३५ रन बनाउन सके । सातौं नम्बरमा ब्याटिङको मौका पाएका अनिलकुमार साह पनि चल्न सकेनन् । उनी ९ बलमा ३ रन जोडेर आउट भए । सन्दीप लामिछाने ११ रन र करण केसी १ रन जोडे ।

नेपालले अघिल्लो खेल खेलेका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको स्थानमा अर्जुन साउद, आरिफ शेख र अनिल साहलाई मैदान उतारेको थियो ।

बलिङमा ओमानका कलीमुल्लाह, फयज बट र अकिब इलियासले २–२ विकेट लिए ।

अब नेपालले तेस्रो खेल आइतबार राति घरेलु टोली क्यानडासँग खेल्नेछ ।




भर्खरै