६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको घुन्सामा



अ+ अ-

ताप्लेजुङ । घुन्सा फाउन्डेसनले निर्माण गरेको स्वास्थ्य चौकी भवन उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको घुन्सा पुग्नु भएको छ । प्रधानमन्त्री ओली संगै १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, पर्यटनमन्त्री  योगेश भट्टराई, नेकपा संसदियदलका उपनेता सुवास नेम्वाङको टोली घुन्सा पुगेको हो ।  

घुन्साको  कार्यक्रम सम्पन्न भएपछि प्रधानमन्त्री ओलीले  इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम रहेको छ । ईलामको कार्यक्रम सकेर प्रधानमन्त्री ओली आजै काठमाडौं फर्कनु  हुनेछ ।