२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र क्यानडाबीचको खेल कहाँ लाइभ हेर्ने ?



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ ।

खेल नेपाली समय अनुसार आज राति पौने ८ बजे क्यानडाको ओन्टारियोमा शुरु हुनेछ । सो खेल कान्तिपुर टिभी एचडी एप र कान्तिपुर म्याक्स एचडीमा लाइभ आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले यसबारे जानकारी दिएको हो ।

गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग घरेलु मैदानमा लिग–टु कै ओडीआईमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो ।

सात महिनापछि लामो फरम्याटमा मैदानमा उत्रन लागेको नेपालका लागि ओमान र क्यानडाविरुद्धको त्रिकोणात्मक सिरिज निकै महत्वपूर्ण रहेको छ ।

क्यानडापछि नेपाल स्कटल्यान्ड र अमेरिकासम्मिलित अर्को लिग टु सिरिजका लागि नेपाल अमेरिका भ्रमणमा निस्कने छ । क्यानडामा नेपालले ओमान र घरेलु टोलीसँग डबल राउण्ड रोबिनका आधारमा त्रिकोणात्मक सिरिज खेल्नेछ ।

८ टोली सहभागी लिग २ आगामी २०२७ सम्म चल्नेछ । शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच गत फेब्रुअरीमा घरेलु मैदानमा लिग २ त्रिकोणात्मक सिरिज भएको थियो ।

घरेलु टोली नेपाल नामिबियासँग दुबै खेलमा पराजित हुँदा, नेदरल्यान्ड्समाथि एक खेलमा जित र एक खेलमा हार व्यहोरेको थियो । नेपाल ४ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ ।

। नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्ने छ । ओडिआई सिरिज सकिएको २ दिन पछि तीनवटै टोलीले त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिज खेल्ने छन् ।

त्यसपछि नेपाली टोली अमेरिका प्रस्थान गर्ने छ ।