२१ मंसिर २०८२, आईतवार
,
Latest
सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले खर्च कटौति गर्योः उपसभामुख राना कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीशको सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आज बस्दै छ । २८ भदौको बैठक कुनै निर्णय नगरी सकिएपछि आज पुन: बैठक बस्न लागेको हो ।

आज संवैधानिक परिषद्को बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज २० गतेदेखि अवकाश पाउँदै हुनुहुन्छ । त्यसअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्छ ।

न्याय परिषद्ले प्रधानन्यायाधीश बन्न योग्य भएका सर्वोच्च अदालतका ८ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको छ । ती नाममध्ये एक जनालाई सिफारिस गर्नुपर्ने छ ।

तर अहिलेसम्म सर्वोच्चमा वरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउने प्रचलन छ । यस पटक पनि वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतको सिफारिस गर्ने तयारी छ ।