१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग

माओवादी केन्द्रका सांसद विश्वकर्माको आरोपः सभामुख एमाले कार्यकर्ताको रुपमा प्रश्तुत भए

माओवादी केन्द्रका सांसद विश्वकर्माको आरोपः सभामुख एमाले कार्यकर्ताको रुपमा प्रश्तुत भए
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय सभाका सांसद विष्णुबहादुर विश्वकर्माले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे एमाले कार्यकर्ताको भुमिकामा देखिएको आरोप लगाउनुभएको छ ।

सभामुख घिमिरेले हिंसा शब्द असंसदीय भएको भनि लिएको निर्णयप्रति आपत्ति जनाउँदै उहाँले सो आरोप लगाउनुभएको हो ।

आईतबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले सभामुख घिमिरेले हिंसा शब्दलाई संसदको रेकर्डबाट नहटाउने निर्णय लिएर एमालेको कार्यकर्ताको रुपमा प्रश्तुत भएको जिकिर गर्नुभयो ।

प्रतिनिधि सभा बैठकमा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय भन्दै माओवादी केन्द्रका सांसदहरुले संसदको रेकर्डबाट हटाउन माग गरेका थिए । तर सभामुख घिमिरेले सो शब्द असंसदीय नभएको भन्दै संसदको रेकर्डबाट हटाउन नपर्ने निर्णय लिनुभएको थियो । सोही विषयलाई उल्लेख गर्दै सांसद विश्वकर्माले सभामुख घिमिरे एमालेको कार्यकर्ता हो कि प्रतिनिधिसभाको सभामुख ? भनि प्रश्न समेत गर्नुभयो ।

उहाँले माओवादी विदोह जनयुद्ध भएको दाबी गर्दै त्यसलाई अन्यथा ढंगले व्याख्या गर्ने काम भए राष्ट्रिय सभा बैठकमा पनि अवरुद्ध पार्नुपर्ने अवस्था आउने चेतावनी दिनु भयो । सांसद विश्वकर्माले माओवादी जनयुद्धलाई संविधानमा हिंसा नभएको पनि पटक पटक दोहोर्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हाम्रो सम्मानित प्रतिनिधि सभाको सभामुखज्यूले हिंसा शब्द प्रयोग गर्नुभएको छ । यो अत्यन्तै आपत्तिजनक कुरा हो । हिंसा शब्द प्रयोग किन गरिएको छ ? यो उहाँ एउटा एमालेको कार्यकर्ता हो कि देशको सम्मानित प्रतिनिधिसभाको समामुख हो ? हाम्रो प्रधानमन्त्रीज्युले एक पटक भन्नुहुन्थ्यो–बयलगाडा । बयलगाडा प्रवृत्तिबाट उब्जिएको यो भाष्यलाई जुन स्थापित गर्न खोजिदैछ । यो भोलि त्यही प्रतिनिधिसभाको जस्तै अवरोध सृजना राष्ट्रिय सभामा त गर्नुपर्ने होइन ? यो प्रश्नहरु तातातो रुपमा आएका छन् । हिँसा के लाई भन्ने ? माओवादी जनयुद्ध हिंसा थियो ? यदि हिंसा हो भने सरकारले वार्ता गर्छ ? हिंसासँग सरकारले वार्ता गर्ने, यूएनले वार्ता गर्ने, हिंसासँग पार्टीले वार्ता गर्ने हुन्छ ? हिँसो भनेको यस्ता चिज हो, जहाँ व्यक्तिको झडप हुन्छ । लडाई हुन्छ । त्यो निश्चित व्यक्तिको स्वार्थको निम्ति मात्रै । त्यो हो हिंसा । माओवादी हिंसा थिएन ।

माओवादी जनयुद्ध थियो, जसले सत्ता परिवर्तनका लागि, व्यवस्था परिवर्तनका लागि लडाई शुरु गर्यो । त्यो केवल माओवादीले मात्रै लडेको थिए ।’ सांसद विश्वकर्माले माओवादी विद्रोह जनयुद्ध भएको र त्यसको अपव्याख्या गर्नेकुरा आफूहरुलाई सैह्य नहुने बताउनु भयो ।