१९ माघ २०८१, शनिबार
,
Latest
त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियाको नयाँ प्रधानमन्त्रीमा जलाली नियुक्त



अ+ अ-

एजेन्सी । सिरियाको नयाँ प्रधानमन्त्रीमा मोहम्मद गाजी जलालीलाई नियुक्त गरिएको छ । सिरियाली राष्ट्रपति बसर अल–असदले शनिबार नयाँ प्रधानमन्त्रीमा जलालीलाई नियुक्त गर्नुभएको हो ।

सिभिल इन्जिनियर तथा अर्थशास्त्रको पृष्ठभूमिबाट आएका ५५ वर्षीय जलालीलाई राष्ट्रपतिको आदेशअनुसार नयाँ मन्त्रिपरिषद् गठनको जिम्मेवारी दिइएको छ । उहाँले हुसेन आर्नोसलाई प्रतिस्थापन गर्नुभएको हो ।

आर्नोसले सन् २०२० देखि प्रधानमन्त्रीका रूपमा काम गर्दै आउनुभएको थियो । आर्नोसको सरकारले जुलाईमा संसदीय चुनावपछि कामचलाउ भूमिकामा काम गरिरहेको थियो ।

यसअघि सन् २०१४ देखि सन् २०१६ सम्म सञ्चारमन्त्री भइसकेका जलालीले इजिप्टको ऐन शम्स विश्वविद्यालयबाट इन्जिनियरिङ र अर्थशास्त्रमा र दमास्कस विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गर्नुभएको छ ।

नयाँ प्रशासनले सेप्टेम्बर २५ मा सिरियाली जनसभामा आफ्नो नीति तथा कार्यक्रम पेश गर्ने तालिका रहेको छ भने छिट्टै पूर्ण मन्त्रिपरिषद्को आधिकारिक घोषणा हुने अपेक्षा गरिएको छ ।