२ आश्विन २०८१, बुधबार
,
Latest
संविधान कार्यान्वयन र जनअपेक्षा ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०८१’ श्रेष्ठलाई प्रदान पक्राउ गरेर देखाउन राप्रपा अध्यक्ष लिङदेनको चुनौती सरकारको साझा कार्यक्रम तय,प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवालाई हस्तान्तरण [पूर्णपाठ] इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन रविले बाहिरै बसेर सहकारी ठगी गरेको पुष्टि भयो, क्लिन चिट भन्नेहरु छट्टु हुन्: गगन थापा निक जोनस र प्रियंका चोपडाको हट अवतार – तस्बिरहरु नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न: पुँजीबजार किन अस्थिर भइरहेको छ? यस पटकको संविधान दिवसमा कैदीबन्दी नछुट्ने पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दोसहित ३ संस्थाको सम्मान
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीमा माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु, पूर्व–पश्चिम राजमार्गमा अवरोध



अ+ अ-

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज माइक्रोबसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

भारदहबाट सुनसरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६६ नं. को विङगरले सडक छेउ बच्चाका साथमा उभिरहेकी सोही ठाउँ बस्ने कारी अधिकारीको ५० वर्षीय श्रीमती अनिता देवि अधिकारी र उनकै १० महिनाको नाती आदर्श अधिकारीलाई ठक्कर दिएको थियो ।

उक्त ठक्करबाट गम्भीर घाइते भएका आदर्शको बिराट नर्सिङ होम बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दुण्डीराज न्यौपानेले जनाकारी दिनुभयो । ठक्करबाट घाइते भएका अनिता देवी अधिकारीको टाउको, छाति, बाया खुट्टालगायतका भागमा चोट लागेको छ । उहाँको उपचार भइरहेको छ ।

प्रहरीले विङ्गर चालक सप्तरी छिनमस्ता गाउँपालिका ७ बस्ने ३२ वर्षीय अबदुल सतारलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जनाएको छ ।

उक्त घटनापछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरोध गरेका छन् । रासस