३ आश्विन २०८१, बिहीबार
,
Latest
राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल निर्वाचन प्रणाली निकै महंगो भयो, दलहरुले प्रतिनिधित्व छनोटमै ध्यान दिनुपर्छ – सभापति लामिछाने कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्छ – रवि लामिछाने जोमसोममा बसपार्क सञ्चालन वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज हो: परराष्ट्रमन्त्री राणा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसी र स्वारेजको गोलमा मियामीको जित



अ+ अ-

काठमाडौँ । चोटका कारण दुई महिना मैदानबाट बाहिर रहेका अर्जेन्टिनी कप्तान लियोनल मेसीले मेजर लिग सकर (एमएलएस)मा सानदार पुनरागमन गरेका छन् ।

आइतबार दुई महिनापछि मैदान उत्रिएका मेसीले इन्टर मियामीलाई जित दिलाउन दुई गोल हाने ।

मेसीप्रेरित मियामीले लिगमा फिलाडेल्फियाविरुद्ध ३–१ को पुनरागमन जित निकाल्यो ।

खेलको दोस्रो मिनेटमा मिकाएल उहरेले गोल गर्दै पाहुना टिम फिलाडेल्फियालाई अग्रतामा राखेका थिए । तर, मेसीले २६औँ मिनेटमा पहिलो तथा त्यसको चार मिनेटपछि नै दोस्रो गोल गर्दै मियामीलाई २–१ गोलले अघि बढाए ।

यस्तै, इन्जुरी समयमा लुइस स्वारेजले गोल गरेपछि मियामीले ३–१ को जित पक्का गरेको हो ।

जितसँगै शीर्ष स्थानमा रहेको मियामीले १० अंकको अग्रता बनाएको छ । मियामीको २८ खेलबाट ६२ अंक छ । समान खेलबाट ५२ अंक जोडेको सिनसिनाटी तालिकाको दोस्रो स्थानमा छ ।

२८ खेलबाट ३० अंक जोडेको फिलाडेल्फिया भने तालिकाको ११औँ स्थानमा छ ।