२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसी र स्वारेजको गोलमा मियामीको जित



अ+ अ-

काठमाडौँ । चोटका कारण दुई महिना मैदानबाट बाहिर रहेका अर्जेन्टिनी कप्तान लियोनल मेसीले मेजर लिग सकर (एमएलएस)मा सानदार पुनरागमन गरेका छन् ।

आइतबार दुई महिनापछि मैदान उत्रिएका मेसीले इन्टर मियामीलाई जित दिलाउन दुई गोल हाने ।

मेसीप्रेरित मियामीले लिगमा फिलाडेल्फियाविरुद्ध ३–१ को पुनरागमन जित निकाल्यो ।

खेलको दोस्रो मिनेटमा मिकाएल उहरेले गोल गर्दै पाहुना टिम फिलाडेल्फियालाई अग्रतामा राखेका थिए । तर, मेसीले २६औँ मिनेटमा पहिलो तथा त्यसको चार मिनेटपछि नै दोस्रो गोल गर्दै मियामीलाई २–१ गोलले अघि बढाए ।

यस्तै, इन्जुरी समयमा लुइस स्वारेजले गोल गरेपछि मियामीले ३–१ को जित पक्का गरेको हो ।

जितसँगै शीर्ष स्थानमा रहेको मियामीले १० अंकको अग्रता बनाएको छ । मियामीको २८ खेलबाट ६२ अंक छ । समान खेलबाट ५२ अंक जोडेको सिनसिनाटी तालिकाको दोस्रो स्थानमा छ ।

२८ खेलबाट ३० अंक जोडेको फिलाडेल्फिया भने तालिकाको ११औँ स्थानमा छ ।