१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः युभेन्टस्, बार्सिलोना, चेल्सी र सेभिया नकआउट चरणमा



अ+ अ-

लन्डन । युभेन्टस्, चेल्सी, बार्सिलोना, र सेभिया मंगलबार युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। यस्तै म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन (पीएसजी) पनि नकआउट चरणका नजिक छन् । समूह ‘ई’ को खेलमा चेल्सीले रेनेसलाई २–१ र सेभियाले क्रसनोडारलाई २–१ ले हरायो ।

दुवै विजयी टिम समान १० अंकमा छन् । समूह ‘जी’ मा लगातार चौथो जित दर्ता गर्ने क्रममा बार्सिलोनाले डायनामो किभलाई ४–० ले हरायो । मार्टिन ब्रेथवाइटले दुई गोल गरेका थिए । बार्सिलोनाले यस खेलमा लियोनल मेसीलाई आराम दिएको थियो ।

यस्तै अर्को खेलमा युभेन्ट्सले फेरेक्नभारोसलाई २–१ ले हरायो । उसका लागि क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले गोल गरे । बार्सिलोनाको १२ र युभेन्ट्सको ९ अंक भएको छ । समूह ‘एफ’ मा भने बोरुसिया डर्टमुन्डले क्लब ब्रुगलाई ३–० र लाजियोले सेन्ट पिटर्सबर्गलाई ३–१ ले पराजित गरे । समूह ‘एच’ मा म्यानचेस्टरले इस्तानबुल बासकसेरलाई ४–१ र पीएसजीले लाइपजिगलाई १–० ले हरायो ।