२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

छोरीबुहारीलाई उच्चशिक्षाको अवसर बन्दै बर्दिबास क्याम्पस

छोरीबुहारीलाई उच्चशिक्षाको अवसर बन्दै बर्दिबास क्याम्पस
अ अ+ अ-

महोत्तरी । जुन कक्षामा छिरे पनि छात्रा नै भरिभराउ । लाग्छ, बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस छोरीबुहारी मात्र पढछन् । क्याम्पसका एक हजार एक सय विद्यार्थीमा छात्रा सात सय भन्दा बढी छन् । पूर्व धनुषा, पश्चिम सर्लाही, उत्तर सिन्धुली र दक्षिणमा बर्दिबास नगरपालिकाको बीचमा अवस्थित छ यो क्याम्पस । यो क्याम्पस हाल आएर पठनपाठन छुटेका छोरीबुहारीका लागि उच्चशिक्षाको अवसर दिने थलो बनेको छ ।

क्याम्पसमा बर्दिबास घर वा माइती भएका र धनुषाको मिथिला नगरपालिका लालगढका छोरीबुहारीको सङ्ख्या उल्लेख्य छ । विभिन्न क्षेत्रमा कार्यरत र घरगृहस्थी गरिरहेका छोरीबुहारीहरु यहाँ क्याम्पस सञ्चालन भएपछि उच्चशिक्षामा अध्ययनरत् छन् । बर्दिबास–३ पाटुकी गीता खड्काले स्नातक तह उत्तीर्ण गरेपछि स्नातकोत्तर गर्न विविध कारणले सक्नुभएको थिएन । बर्दिबासमै स्नातकोत्तरको पठनपाठन सुरु भएपछि उहाँले भर्ना गर्नुभयो । खड्का अहिले नेपाली विषयको स्नातकोत्तर तहको चौथो सेमेस्टरमा हुनुहुन्छ ।

लालगढकी विमला मोक्तान, गौरी जर्घा, चुरेकी मीना तामाङ र बर्दिबास माइती भएकी प्रियङ्का सुवेदीलगायत स्नातकोत्तर पार लगाउने तयारीमा छन् । उनीहरु सबै शिक्षण पेसामा आबद्ध छन् । “हामी विद्यालयमा गुरुआमा, क्याम्पसमा विद्यार्थी”, प्रियङ्का सुवेदीले भन्नुभयो, “यहीँबाट स्नातक गरेँ, विवाह रौतटहको चन्द्रपुर भयो, अब पढ्न पाइन्न भन्ने थियो, तर माइत बसेर पढ्ने वातावरण मिल्यो ।” बर्दिबासमा यो तहको पठनपाठन सुरु हुनु आपूmहरुलाई बरदान बनेको प्रियङ्कासहितका छात्राहरुको सामूहिक प्रतिक्रिया छ ।

घर नजिक क्याम्पस भएकैले आफूहरु उच्च शिक्षामा जोडिन पाएको उनीहरुको भनाइ छ । “घरकै सिठोपीठो खाएर डिग्री गर्न पाइयो,” अहिले स्वास्थ्य विषयको चौथो सेमेस्टरकी छात्रा मीना तामाङ भन्नुहुन्छ, “यहाँ क्याम्पस नभएको भए हामीजस्ता कमजोर आर्थिक अवस्थाका छोरी पढ्न बाहिर जान सक्दैनथ्यौँ ।” छोरीको उच्चशिक्षामा बाहिर जाने कुरा आर्थिक अवस्था मात्र नभई सुरक्षा संवेदनशीलताले पनि अभिभावक हच्किने गरेका मीनाको बुझाइ छ । क्याम्पसमा अहिले स्नातकोत्तर तहका २१ विद्यार्थीमध्ये १५ जना छोरीबुहारी रहेको क्याम्पस प्रमुख तेजबहादुर खड्का बताउनुहुन्छ ।

क्याम्पसले विसं २०७५ देखि शिक्षा सङ्कायमा नेपाली र स्वास्थ्य विषयमा स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गरेको हो । बर्दिबास जनता बहुमुखी क्याम्पस सञ्चालनमा आएसँगै उच्चशिक्षा आर्जन गर्ने रहर मारेर बसेका बर्दिबास र वरपरका छोरीबुहारीले पढ्ने अवसर पाएका हुन् । क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययन गर्ने प्राय: सबै पाको उमेरका छन् । स्नातक सकेर विभिन्न क्षेत्रमा काममा लागेकाहरु यहाँ स्नातकोत्तर तह अध्ययन गर्न भर्ना भएका छन् ।

स्नातक सकेर स्वास्थ्यक्षेत्रमा सरकारी जागिरे हुनुभएका  रामबाबु यादव र मोहन माझी अहिले स्वास्थ्य विषयमा स्नातकोत्तर गरिरहनुभएको छ । “यहीँ काममा छौँ, यहीँ पढ्न पाइने अवसर जु(यो,” बर्दिबास नगर कार्यपालिकाको कार्यालयमा स्वास्थ्य शाखामा कार्यरत ४० वर्षीय यादव भन्नुहुन्छ,  “पढाइमा उमेरको केको छेकवार १”

स्नातकोत्तर तहमा मात्र नभई स्नातक तहमा पनि छात्राको सङ्ख्या उल्लेख्य छ । स्नातक तहसम्म शिक्षा र वाणिज्य सङ्कायको पठनपाठन हुने क्याम्पसमा एक हजार बढी विद्यार्थीमा सात सय बढी छात्रा छन् । स्नातक तहमा अधिकांश नियमित विद्यार्थी कक्षा १२ सकेपछि लगत्तै पढाइ जारी राखेका छन् । बर्दिबास–२ घर भएकी श्वेता अर्याल भन्नुहुन्छ, “मेरो त १२ सकेपछि दुईरतीन वर्ष बाबाको जागिरसँगसँगै हिँड्दा पढाइ नियमित हुन सकेन, विवाह बर्दिबास–२ मा भएपछि कलेज जोडिएँ, स्नातक यहीँबाट सकेँ,” अर्याल भन्नुहुन्छ, “स्नातकको पढाइ र छोरी हुर्काउन सँगसँगै प(यो, तर परिवारजनको मेरो पढाइप्रतिको वास्ताले सहजै पार लगाएँ । वाणिज्य विषयकी छात्रा अर्यालले चौथो वर्षकोे परीक्षा दिइसके पनि परिणाम ९नतिजा प्रकाशन० आउन बाँकी रहेको बताउनुभयो ।

घर नजिक क्याम्पस भएपछि छोरीबुहारी पढ्न जान अनुकूल भएको अभिभावक बताउँछन् । आफ्नै घर नजिक क्याम्पस भएपछि गरिबीबीच पनि दु:खसुख पढ्न सकिने वातावरण हुँदा यहाँको क्याम्पसमा छोरीबुहारीको सङ्ख्या बढी भएको अभिभावक हरि दाहाल बताउनुहुन्छ । यस कलेजमा १५ किलोमिटर दूरीसम्मका विद्यार्थी अध्ययनरत् छन् । यसै क्याम्पसबाट स्नातकोत्तर पूरा गर्नुभएकी औरही–७ टिम्कियाकी सुनिता ठाकुरले पढ्ने सङ्कल्प भएपछि केही टाढा र कमजोर आर्थिक अवस्थाको कुराले छेक्न नसक्ने बताउनुभयो ।

तराईमा शिक्षा, स्वास्थ्य र अन्य अवसरमा निकै पछि देखिने गरेका बरही ९लोहार, डकर्मी पेसाका तराईको जाति० परिवारकी ठाकुरले करिब १५ किलोमिटर दूरी छिचोलेर स्नातक र स्नातकोत्तरको अध्ययन यसै क्याम्पसबाट पूरा गर्नुभएको हो ।

एसएलसीपछि मेरो स्टाफ नर्स पढ्ने रहर थियो, गरिबी बाधक बन्यो,” सुनिताले भावुक हुँदै भन्नुभयो, “जे होस् अभावै अभावका बीचमा पनि स्नातकोत्तर पूरा गरेँ ।” नातेदार आफन्तहरुले स्नातक सकिएपछि विवाहको प्रस्ताव ल्याइरहे पनि बुबा रामदुलार ठाकुरले त्यतिखेर यो छोरीको निर्णयमा भरपर्ने बताइदिएर आपूmलाई पढ्ने वातावरण मिलाइ दिनुभएको सुनिताको भनाइ छ । “सम्पत्ति नभएर बुबाले स्टाफनर्स पढ्ने मेरो रहर पुर्‍याउन सक्नुभएन,” सुनिताले  भन्नुभयो, “तर, मेरो पढ्ने इच्छाको सधैँ उहाँले सम्मान र समर्थन गर्नुभयो, मलाई पढ्न र इच्छित काम गर्न छेकवार भएन ।” स्टाफनर्स बन्ने सपना सँगालेकी ठाकुरले स्वास्थ्य विषयमा स्नातकोत्तर गर्नुभएको छ ।

विसं २०६४ मा सञ्चालनमा आएको यो क्याम्पसले स्नातक तहका लागि शिक्षाशास्त्र र वाणिज्य सङ्कायको पठनपाठन सञ्चालन गर्दै आएको छ । स्नातक तहमा यी सङ्कायभित्र विद्यार्थीले विभिन्न विषयको अध्ययन गर्दै आएका छन् । त्यसैगरी, २०७५ सालदेखि शिक्षाशास्त्रअन्तर्गत नेपाली र स्वास्थ्य विषयमा स्नातकोत्तर तहको पठनपाठन क्याम्पसले सुरु गरेको हो ।

क्याम्पसमा अहिलेलाई दुखजिलो कोठा पुगे पनि बढ्ने विद्यार्थी सङ्ख्यालाई अब थप भवन चाहिने क्याम्पस प्रमुख खड्का बताउनुहुन्छ । अहिले छ कट्ठा क्षेत्रफलको आफ्नै नाउँको जग्गामा तीनतले क्याम्पस भवन छ । क्याम्पसमा छजना कर्मचारी र २८ जना शिक्षकसहित ३४ जनाको जनशक्ति कार्यरत छ । यद्यपि शिक्षकमा नौ जनामात्र पूर्णकालीन भएको खड्काले स्पष्ट पार्नुभयो । क्याम्पसलाई बर्दिबास नगरपालिकाले नौ बिघा एक कट्ठा एक धुर जग्गा भोगाधिकारसहित उपलब्ध गराएको छ । यो जग्गा क्याम्पसकै नाउँमा दर्ता हुने प्रक्रिया अघि बढेको छ । अहिले काँडेतार लगाएर घेरिएको यो जग्गामा भविष्यमा क्याम्पस भवन विस्तार गर्न सकिने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर हमाल बताउनुहुन्छ ।

जताततै सामुदायिक क्याम्पसको शाख गिर्दै गएको प्रतिक्रिया अन्त सुनिए पनि बर्दिबासमा भने शाख बढेको छ । अभिभावकको चासो, शिक्षकको समर्पण, व्यवस्थापन समितिको लगन र विद्यार्थीको मेहनतले बर्दिबास जनता बहुमुखी क्याम्पसले सुनाम कमाएको लामो समय शिक्षण पेसामा रही हाल सेवा निवृत्त हुनुभएका बर्दिबास–१ का केदारबहादुर कोइराला बताउनुहुन्छ । रासस