• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

सहकारी छानबिन विशेष समितिले गृहमन्त्री सहित प्रमुख प्रहरीसंग छलफल गर्दे



काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिको बैठकले गृहमन्त्री रमेश लेखक, गृह सचिव, र प्रहरी प्रमुखसंग छलफल गर्देछ ।

सहकारीको बचत अपचलन, दुरुपयोग र ठगीको छानविन गरिरहेको संसदीय छानविन विशेष समितिको आजको बैठकमा प्रतिवेदनलाई अन्तिम रूप दिन छलफल गरिएको समितिमा संयोजक सूर्य थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज ४ बजे गृहमन्त्री रमेश लेखक, गृह सचिव, र प्रहरी प्रमुखसहितलाई समितिमा आमन्त्रित गरिएको छ। विदेशमा फरार व्यक्तिहरूलाई ल्याउन साउन १३ गतेको बैठकमा गरिएको निर्देशन कार्यान्वयनका बारेमा उहाहरूसँग आज उहाँहरूसँग छानविन केन्द्रित छलफल गर्ने कार्यक्रम रहेको छ।